सौराहामा विदेशी पर्यटकको आगमनसँगै थारु समुदायले थारु नाच प्रस्तुत गर्न थालेपछि सांस्कृतिक पर्यटन विस्तार भएको छ।
काठमाडौँ– सौराहा वन्यजन्तु पर्यटनका साथै थारु संस्कृतिका कारण पनि चर्चित छ।
विदेशी पर्यटकको आगमनसँगै थारु समुदायले थारु नाच प्रस्तुत गर्न थालेपछि सांस्कृतिक पर्यटन विस्तार भएको हो। १८ वर्षअघि स्थापना भएको थारु कल्चर सेन्टरले थारु नाचलाई संस्थागत रूपमा प्रवर्द्धन गर्दै आएको छ।

सौराहाका होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई थारु नृत्य देखाउने गरेका छन्। होटल भिस्टाका सञ्चालक रमेश सिलवालका अनुसार सौराहाको करिब ५० प्रतिशत पर्यटन गतिविधि थारु संस्कृतिसँग सम्बन्धित छ। यहाँ हात्ती, जिप र डुंगा सफारी, जंगल वाकसँगै एकसिंगे गैँडा, बाघलगायत वन्यजन्तु अवलोकन तथा थारु नाच पर्यटकको प्रमुख आकर्षण बनेको छ।

सौराहामा झमटा, ठेकरा, लौरो, झुमरा डम्फु नाच समूहगत रूपमा प्रस्तुत गरिन्छ। मौलिक थारु पोसाकमा देखाइने यी नाच हेर्न पर्यटक आकर्षित हुने गरेका छन्। हाल सौराहामा करिब ११० होटल र ६० भन्दा बढी रेस्टुरेन्ट छन्। दैनिक करिब तीन हजार पर्यटक बस्न सक्ने क्षमता रहेको छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
