नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८७ अंकले बढेर दुई हजार ६३३.७६ को बिन्दुमा कायम भएको छ।
आयोगले हाल कतिपय सञ्चारमाध्यममा आएकोजस्तो केही उम्मेदवारहरू कालोसूचीमा रहेको भन्ने समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ।
राष्ट्रपतिको भिटो प्रयोग बिरलै गरिन्छ। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले १० विधेयकमा भिटो गरेका थिए।
मधेशमा ६ नयाँ मन्त्री थपिएसँगै सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
म्याग्दीमा व्यापारीहरू बगैँचामै पुगेर सरदर ७० देखि ७५ रुपैयाँ प्रतिकिलोका दरले सुन्तला खरिद गरिरहेका छन्। यो गत वर्षभन्दा ५ रुपैयाँ बढी हो।
राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गरेको थियो।
बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर निकालेर ट्यांकर हटाइएको हो। सडकबाट बुलेट हटाउन ६ वटा क्रेन प्रयोग गरिएको थियो।
प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मानको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र तथा प्रतिभा पुरस्कारको राशि ३५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ।
कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम छ भने हिमाली क्षेत्रका केही स्थानमा हिमपात भइरहेको छ।
आयोगका अनुसार ५४ राजनीतिक दलले आ-आफ्नो स्वतन्त्र निर्वाचन चिह्नमा बन्दसूची पेश गरेका छन्। बाँकी १० वटा दलले भने ४ वटा एकल चुनाव चिह्न प्रयोग गर्ने गरी सूची बुझाएका छन्।
ग्यास चुहावटका कारण दुर्घटनाग्रस्त बुलेट उठाएर सडक खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्।
काठमाडौँका दुई फरक–फरक स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
प्रशान्त महासागरमा 'ला निना'जस्तो प्राकृतिक शीतलता प्रदान गर्ने अवस्था हुँदाहुँदै पनि तापक्रम उच्च रहनुमा तेल, ग्यास र कोइला जस्ता जीवाश्म इन्धनको निरन्तर दहन नै प्रमुख कारण रहेको वैज्ञानिकहरूको निष्कर्ष छ।
राति र बिहानको समयमा अत्यधिक चिसो हुने भएकाले खानेपानीका धारा र साना खोल्साहरूमा बरफ जम्ने गरेको स्थानीयले बताएका छन्।
बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षीया किशोरीको मृत्यु भएको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र राजनीतिक दलहरूले गर्न पाउने खर्चको अधिकतम सीमा (हद) निर्धारण गरेको छ।
लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्याङकरले मोटरसाइकललाई ठक्कर दिएको थियो।
समानुपातिकतर्फ ११० स्थानका लागि ६४ दलका गरी करिब तीन हजारभन्दा ४२४ उम्मेदवारको नाम बन्द सूचीमा समावेश भएको छ।
सडकमा पल्टिएको ट्यांकर उठाउन जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली बोलाइएको प्रहरीले जनाएको छ।