चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्णसहित २६ पदक जितेका छन्।
काठमाडौँ– चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण, सात रजत र १५ कांस्यसहित २६ पदक जितेका छन्। गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन्।
जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण जितेका छन् भने आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत पदक हात पारे।
एभिनजङ्ग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य प्राप्त गरे।
प्रतियोगितामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सरोज तामाङ र विकेश विडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
