चीनसँग १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले १ खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा बेहोरेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार २ लाख ६१ हजार ७०० रुपैयाँ थियो।
‘इराक भन्ने बित्तिकै त्यहाँ बम बारुद मात्र हुन्छ भन्ने छैन। अहिले इराकको वातावरण सामान्य छ। नेपालीहरू रमाएरै काम गरिरहेका छन्।’
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनियर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन्।
युक्रेन युद्ध अन्त्य गर्ने योजनालाई लिएर संयुक्त राज्य अमेरिकासँग भएको वार्तामा केही प्रगति भए पनि त्यो निकै ‘सुस्त’ रहेको रुसले दाबी गरेको छ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार यस वर्ष ३ वर्षदेखि ८९ वर्ष उमेर समूहका मानिसमा संक्रमण देखिएको छ। मृत्यु हुनेमा अधिकांश ४० वर्षमाथिका छन्।
नेपाल र चीन जोड्ने ल्हेन्देखोलामा मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै अध्यागमन कार्यालय रसुवाले सीमा पास नवीकरण प्रक्रिया थालेको छ।
अत्यधिक चिसो र हिउँ पर्न थालेपछि ताप्लेजुङका उच्च भेगका बासिन्दा आफ्ना पशुचौपायासहित तल्लो क्षेत्र (औल) तर्फ झर्न थालेका हुन्।
सोमबार नेप्से परिसूचकमा १३.८८ अंकले घटेर २५८१.२१ को बिन्दुमा सीमित भएको छ।
निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना र र्यालीजस्ता कार्यक्रम गरी कानूनी व्यवस्था उल्लंघन गरेको आरोपमा रविकिरण हमालसहितका युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रुसी प्रमुख अपराध अनुसन्धान समितिले कार बम विस्फोटमा युक्रेनी विशेष सेनाको संलग्नता हुन सक्ने सम्भावनाबारे खोजी भइरहेको जनाएको छ।
अनुगमनका क्रममा ११ औषधि पसलमा फर्मासिस्ट नभएको र अनधिकृत रूपमा औषधि बिक्री भइरहेको पाइएपछि पहिलो पटकलाई सचेत गराइएको औषधि व्यवस्था विभाग वीरगन्ज कार्यालयले जनाएको छ।
कमजोर हुँदै गएको आणविक नियन्त्रण व्यवस्थाले भविष्यमा अन्तर्राष्ट्रिय सुरक्षा र स्थायित्वका लागि गम्भीर चुनौती खडा गर्न सक्ने संकेत विज्ञहरूले दिएका छन्।
विश्वभर हिमनदीहरू द्रुत गतिमा पग्लिन थालेसँगै हिमशिखरमा लुकेका दुखद र आश्चर्यजनक रहस्य पनि बाहिर आउँदैछन्।
‘इतिहास अध्ययनमा शिलालेख मुख्यस्रोत हुन्। बरु किंवदन्तीलाई पछिल्लो (सेकेन्डरी) स्रोत मान्न सकिन्छ। पछिल्ला स्रोतका आधारमा इतिहासको निर्णय गर्न सकिँदैन। बरु, मुख्य (भरपर्दा) स्रोतका आधारमा कथा, किंवदन्तीलाई जोड्न मिल्छ।’
कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको हो।
साउदीको शासन सत्ता सम्हालिरहेका मोहम्मद बिन सलमानले देशमा सामाजिक प्रतिबन्धहरू खुकुलो पार्दै गएका छन्, यद्यपि त्यहाँको मानव अधिकार रेकर्डको अवस्था भने 'अत्यन्तै खराब' छ।
विभागले अन्य १४ वटा फर्मको अनुगमन गरी, निर्देशनात्मक कारबाही गरेको छ।
महाशाखाका अनुसार राति भने कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।
सिन्धुलीको कमलामाई नगरपालिका-६, धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने बचाउन खोज्दा अर्का एक जना घाइते भएका छन्।