AnonymousUser

Logout

नेपालमा श्रम आम्दानीभन्दा उपभोग बढी, शिक्षामा निजी खर्चको भार उच्च

राष्ट्रिय जनगणना २०७८ अनुसार ६५ प्रतिशत जनसंख्या कार्यशील उमेर समूहमा रहेकाले नेपाल जनसांख्यिक लाभको अवस्थामा छ। तर, नेशनल ट्रान्सफर अकाउन्ट प्रतिवेदनले देशको श्रम आम्दानी र उपभोग खर्चबीच ठूलो अन्तर रहेको देखाएको छ।

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा शुक्रबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

ड्राइभररहित ट्याक्सीमा महिलाले जन्माइन् बच्चा

वेमोको स्वचालित ट्याक्सीमा सवार उनलाई बाटोमा नै प्रसव पीडा भयो र गाडीभित्रै बच्चा जन्मियो।

गाजामा इजरायली आक्रमण, १३ जनाको मृत्यु

हमासका प्रवक्ता हाजेम कासिमले गाजामा भएको आक्रमणले इजरायलले युद्धविरामप्रति आफ्नो प्रतिबद्धता त्यागेको पुष्टि गरेको बताएका छन्।

तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुन

बिहीबार तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँ रहेको सुन शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको छ।

४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री गरे कारबाही

विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलमा अनुगमन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री नगर्न र गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

रियल मड्रिड सुपर कपको फाइनलमा

आइतबार हुने फाइनलमा स्पेनी फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी बार्सिलोना र रियल भिड्ने भएका छन्।

तराईमा मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू‍भागमा मौसम मुख्यतया सफा रहनेछ।

जेनजी प्रदर्शन : जीडीपीको १.३८ प्रतिशत बराबरको क्षति, २३ सयले रोजगारी गुमाए

प्रदेशगत आधारमा कुल भौतिक क्षतिको ६६ प्रतिशत हिस्सा बागमती प्रदेशमा रहेको छ भने भवनतर्फको ७४ र सवारीसाधनतर्फको ५८ प्रतिशत क्षति पनि यहीँ रहेको प्रतिवेदनले देखाएको छ।

विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, अडानबाट पछि हटेनन् महामन्त्री

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको विशेष महाधिवेशन फिर्ता लिने प्रस्तावलाई महामन्त्री गगन थापाले अस्वीकार गरेका छन्।

बढ्दो चिसोमा ‘फ्लु’को जोखिम, सुरक्षित रहन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)बाट सुरक्षित रहन आग्रह गरेको छ।

कुलमानको राजीनामापछि रिक्त मन्त्रालयहरूको कार्यभार अन्य ३ मन्त्रीलाई

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएपछि रिक्त रहेका ती मन्त्रालयको कार्यभार मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यलाई तोकिएको छ।

निषाद जातिलाई आरक्षण माग गरिएको रिटमा लिखित जवाफ माग

सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न माग गर्दै दायर गरिएको रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा यहुदीद्वेषबारे उच्चस्तरीय अनुसन्धानको घोषणा

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिचमा भएको सामूहिक गोलीकाण्डपछि देशभर बढ्दै गएको यहुदीविरोधी भावनाबारे उच्चस्तरीय राष्ट्रिय अनुसन्धानको घोषणा गरेका छन्।

नेप्सेमा ४.५९ अंकको सुधार, कारोबार रकम भने घट्यो

नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ।

प्रतिकूल बकपत्र गर्ने दुई सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अनुसन्धानका क्रममा दिएको बयान इन्कार गर्दै अदालतमा प्रतिकूल बकपत्र गरेको अभियोगमा अख्तियारले दुई सरकारी साक्षीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

श्रम मन्त्रालयद्वारा ‘ईपीएस’ परीक्षा उत्तीर्ण गरेकाका पक्षमा निर्णय

सरकारले ईपीएस परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ।

भेनेजुएलाको विषयलाई लिएर पेट्रो–ट्रम्प टकराब

कोलम्बियाका राष्ट्रपति पेट्रोले भेनेजुएलामाथिको आक्रमणलाई ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लंघन’ भन्दै जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन्।

अरुणमा पुल नहुँदा…

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा नदीको बहावका कारण बन्द हुने गरेको छ।

नेपाल प्रहरीले माग्यो १ लाख ३३ हजार निर्वाचन प्रहरी

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्।