कोलम्बियाका राष्ट्रपति पेट्रोले भेनेजुएलामाथिको आक्रमणलाई ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लंघन’ भन्दै जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन्।
भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपको विरोध गरेपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनाव बढेको छ।
यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लंघन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन्।
अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ। तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ। यही सहकार्यअन्तर्गत वासिंटनले कोलम्बियालाई अर्बौं डलरको सहायता प्रदान गरेको छ।
तर वामपन्थी राष्ट्रपति पेट्रोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अमेरिकी नियन्त्रणलाई खुलेर विरोध गरेपछि उनी र ट्रम्पबीच शब्दयुद्ध चर्किएको हो। ट्रम्पले कोलम्बियामा अमेरिकी सैन्य कारबाही ‘उचित हुन सक्ने’ टिप्पणी गरेपछि पेट्रोले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न जनतालाई सडकमा आउन आह्वान गरेका छन्। त्यसको प्रत्युत्तरमा हजारौँ कोलम्बियाली सार्वजनिक चोकमा भेला भई ‘स्वतन्त्र र सार्वभौम कोलम्बिया अमर रहोस्’ भन्ने नारा लगाएका थिए।
विरोध प्रदर्शनकै दिन राष्ट्रपति पेट्रो र ट्रम्पबीच मैत्रीपूर्ण टेलिफोन संवाद भएको बताइएको छ। दुवै सरकारबीच प्रत्यक्ष संवाद पुनर्स्थापित गर्न आग्रह गरेको र संवाद नहुँदा द्वन्द्वको खतरा बढ्ने चेतावनी दिएको पेट्रोले बताएका छन्।
राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पेट्रोसँगको कुराकानीलाई ‘सम्मानजनक’ भन्दै ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन्। (रासस/एपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
