हमासका प्रवक्ता हाजेम कासिमले गाजामा भएको आक्रमणले इजरायलले युद्धविरामप्रति आफ्नो प्रतिबद्धता त्यागेको पुष्टि गरेको बताएका छन्।
इजरायलको आक्रमणबाट गाजामा पाँच बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ। युद्धविरामका बाबजुद इजरायलले बिहीबार गाजाका विभिन्न क्षेत्रमा आक्रमण गरेको हो।
इजरायलले दक्षिणी गाजास्थित विस्थापित मानिसहरूको शिविरमा ड्रोन प्रहार गरेको थियो। यस्तै, उत्तरतर्फको जबालिया शरणार्थी शिविर नजिकै तथा विद्यालयमा समेत आक्रमण भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ।
इजरायली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिणी र उत्तरी गाजा पट्टीमा हमास आतंकवादी र आतंककारी पूर्वाधारमा आक्रमण गरेको बताएको छ।
गाजामा अमेरिकी प्रस्तावमा भएको युद्धविरामले इजरायली सेना र हमास बीचको लडाइँलाई धेरै हदसम्म रोकेको छ, तर दुवै पक्षले बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।
हमासका प्रवक्ता हाजेम कासिमले बिहीबार गाजामा भएको आक्रमणले इजरायलले युद्धविरामप्रति आफ्नो प्रतिबद्धता त्यागेको पुष्टि गरेको बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले युद्धविराम सम्झौता भएयता कम्तीमा ४२५ जना प्यालेस्टिनीको हत्या गरेको छ।
इजरायली सेनाले भने यसै अवधिमा आतंकवादीले आफ्ना तीन जना सैनिकको हत्या गरेको दाबी गरेको छ। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
