प्रहरीका अनुसार भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा नियुक्ति प्रक्रिया तथा राजनीतिक भागबन्डाको विरोध गर्दै द्वन्द्वपीडितले कानून मन्त्रालयले आयोजना गरेको नियमावली परामर्श कार्यक्रममा नाराबाजी गरेका छन्।
बेलायती रक्षा मन्त्रालयका अनुसार सिरियाको होम्स प्रान्तस्थित पालमिरा शहरको उत्तरतर्फ रहेको पहाडी क्षेत्रमा आइएस समूहको भूमिगत हतियार भण्डारलाई लक्षित गरी हवाई आक्रमण गरिएको छ।
अख्तियारले बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माण ठेक्कामा तीन करोडभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन नगर प्रमुखसहित १७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
धार्मिक गतिविधिका सन्दर्भमा देखिएका चुनौतीबारे विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयमा राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग र सुरक्षा निकायसहितको संयुक्त बैठक बोलाइएको छ।
रास्वपाले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेको छ।
कुनै पनि समुदायको धार्मिक वा सांस्कृतिक आस्थामा आँच पुर्याउने र मानमर्दन गर्ने कार्यलाई गम्भीरतापूर्वक लिई कानूनी दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले अब भेनेजुएलाको विशाल कच्चा तेल भण्डारको उपयोग र उत्खनन गर्न पाउने घोषणा गरेका छन्।
चीनको नान्जिङमा भएको एशियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्णसहित २६ पदक जितेका छन्।
आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ को बिन्दुमा कायम भएको छ।
विभागले फागुन १६ गतेसम्मको आकलन सार्वजनिक गर्दै उक्त अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ छ।
गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदलयात्री ८२ वर्षीय यमनाथ पौडेलको मृत्यु भएको छ।
अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकासलगायत शहरमा आक्रमण गरेको थियो। लगत्तै मादुरो दम्पतीलाई पक्राउ गरेको थियो।
सौराहामा विदेशी पर्यटकको आगमनसँगै थारु समुदायले थारु नाच प्रस्तुत गर्न थालेपछि सांस्कृतिक पर्यटन विस्तार भएको छ।
काठमाडौँ उपत्यकामा शनिबार न्यूनतम तापक्रम ४.५ डिग्रीमा झरेको थियो। यो तापक्रम वर्षकै कम हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर चिसो बढ्दै गएकाले जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।
काराकासलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन बोलाउने वैधानिक प्रक्रियाका बारेमा कानून व्यवसायीहरूसँग परामर्श गरेका छन्।
भेनेजुएला सरकारले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे हालसम्म कुनै आधिकारिक जानकारी नभएको भन्दै उनीहरू जीवितै रहेको तत्काल प्रमाण उपलब्ध गराउन अमेरिकासँग माग गरेको छ।