तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुन

बिहीबार तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँ रहेको सुन शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। सुन बिहीबारभन्दा तोलामा २ हजार १०० रुपैयाँले बढेको हो। 

बिहीबार तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँ रहेको सुन शुक्रबार २ लाख ६७ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बजारमा चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेको छ। बिहीबार तोलाको ४ हजार ८३५ रुपैयाँ रहेको चाँदी ४ हजार ७८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।