AnonymousUser

Logout

बसको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इंग्लिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।

सन् २०२५ मा ११ लाख ५८ हजार पर्यटकले घुमे नेपाल

यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए।

तराईका अधिकांश स्थानमा हुस्सुको प्रभाव

दिउँसो पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। तराईमा हुस्सु तथा कुहिरो कायम नै रहनेछ।

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

अत्यधिक चिसो बढेसँगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिए।

राहदानी छपाइ र वितरण साबिककै तालिकाअनुसार हुने

राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साबिकअनुसार अर्थात् जेनजी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।

भर्चुअल सम्पत्तिको प्रयोग हुन्डी तथा अनलाइन ठगीमा बढी : राष्ट्र बैंकको प्रतिवेदन

नेपालमा भर्चुअल सम्पत्तिसम्बन्धी गतिविधि कानूनी रूपमा निषेधित रहेको उल्लेख गर्दै प्रतिवेदनले यस्ता कार्यहरू अवैध वैदेशिक विनिमय (हुन्डी), अनलाइन वित्तीय ठगी, अनलाइन जुवा र 'मनी–म्युल' प्रयोगजस्ता आपराधिक गतिविधिसँग जोडिने गरेको निष्कर्ष प्रस्तुत गरेको छ।

वीरेन्द्रनगरमा कोठाभित्र निसास्सिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा जाडोबाट बच्न कोठाभित्र कोइला बालेर सुत्ने क्रममा निसास्सिएर एक जना मृत्यु भएको छ भने जना बेहोस अवस्थामा फेला परेका छन्।

नियमित महाधिवेशन स्थगितको घोषणा गर्दै कांग्रेस महामन्त्रीद्वयले अघि सारे ‘विशेष महाधिवेशन’को विकल्प

नियमित महाधिवेशन समयमै हुन नसक्ने अवस्था सिर्जना भएपछि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ।

युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको रुसको दाबी

युक्रेनको दक्षिणी खेरसोन क्षेत्रस्थित रुसको नियन्त्रणमा रहेको इलाकामा युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले दाबी गरेका छन्।

पूर्वगृहमन्त्री लेखकको भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा

गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको विदेश भ्रमण र अनुमतिबिना काठमाडौँ उपत्यका बाहिर जान लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्राचार गर्ने जाँचबुझ आयोगको तयारी

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने तयारी गरेको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्ब ७१ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ को विन्दुमा कायम भएको छ।

क्रान्स मोन्टानाको बारमा आगलागी हुँदा १०० भन्दा बढी घाइते

स्विट्जरल्यान्डको प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरिसकेको छ। प्रारम्भिक रिपोर्टअनुसार कन्सर्टका क्रममा भवनभित्रै गरिएको आतिशबाजीका कारण आगो सल्किएको हुनसक्ने आशंका गरिएको छ।

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी अझै सम्पर्कविहीन

कारागार प्रशासनका अनुसार ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार छन्।

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

केरुङ नाका खुलेपछि चिनियाँ सामान आयातका लागि नेपाली कन्टेनर मितेरी पुलबाट केरुङतर्फ प्रस्थान गरेका छन्।

तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुन

छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ कायम भएको छ।

बीपी राजमार्ग: खोलाबाटै यात्रा [तस्वीरहरू]

बाढीले डेढ वर्षअघि बगाएको सडक पुनर्निर्माण हुन सकेको छैन। कतिपय स्थानमा खोलाबाटै यात्रा गर्नुपर्ने अवस्था छ।

जाजरकोटमा गोली लागेर १ जनाको मृत्यु, भरुवा बन्दुकसहित ५ पक्राउ

अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेको थियो।

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

इस्वी संवत्‌को नयाँ वर्ष २०२६ शुरू

पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ।