उद्घाटनअघि बिहान ११ बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्याली निकाल्ने तयारी छ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै दिवस मनाउने गरिन्छ।
रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत कुमराङ्गमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मनाङमा जलवायु परिवर्तन र समयमा हिमपात नहुँदा जडीबुटी उत्पादनसँगै राजस्व संकलनमा समेत गिरावट आएको छ।
इरानमा गत डिसेम्बर २८ देखि रियालको अवमूल्यनपछि शुरू भएको आन्दोलन इन्टरनेट बन्द र सुरक्षाकर्मीको बढ्दो दमनका बीच दुई हप्तादेखि जारी छ। प्रदर्शनकारीहरूले भाँडा बजाएर र आगो बाली सरकारविरोधी भावना व्यक्त गरिरहेका छन्।
रास्वपासँगको एकता भंग भएसँगै उज्यालो नेपालको नेतृत्व सम्हालेका कुलमान घिसिङले रास्वपाले १२ दिनसम्म अल्झाएर आफ्ना कार्यकर्ता भित्र्याएको र एकपक्षीय रूपमा सहमति तोडेको आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड नियन्त्रणमा लिन बल प्रयोग गर्ने संकेत गरेपछि त्यहाँका दलहरूको साझा धारणा छ, ‘हामी अमेरिकी बन्न चाहँदैनौँ र पूर्ण रूपमा डेनिस पनि रहन चाहँदैनौँ, बरु हामी ग्रीनल्याण्डवासीका रूपमा आफ्नो स्वतन्त्र पहिचान बनाउन चाहन्छौँ।’
घाइतेहरूलाई उपचारका लागि प्रहरीले जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। घाइतेहरूको यकीन संख्या र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
सैद्धान्तिक असहमति र पद बाँडफाँटमा कुरा नमिल्दा उज्यालो नेपाल र रास्वपाबीचको सहकार्यको सम्भावना तत्कालका लागि अन्त्य भएको रास्वपा प्रवक्ता मनिष झाले बताएका छन्।
प्रहरीका अनुसार भूमिगत कार्यस्थलभित्र विषाक्त ग्यास जम्मा भएपछि मजदुरको निसास्सिएर मृत्यु भएको हो।
धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्त्वपूर्ण मानिने रुद्राक्ष भोजपुरका किसानको आम्दानीको प्रमुख स्रोत बनेको छ।
मैतीदेवीस्थित निवासमा रहेका ८४ वर्षीय दाहाललाई हृदयाघात भएपछि वीर अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको हो।
बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
कोशी, मधेश, बागमती र गण्डकीमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मुख्यतया सफा रहेको छ।
कञ्चनपुर–कमला सडक खण्डको ३० प्रतिशत काम अझै बाँकी छ। राष्ट्रिय गौरवको आयोजना भए पनि समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि धुलो, धुवाँ र सास्ती खेप्दै आएका छन्।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा आगामी पुस २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनका लागि विभिन्न ६ स्थानबाट जुलुस प्रदर्शन गरिने भएको छ।
शुक्रबार काठमाडौँको तापक्रम यस वर्षकै न्यून रेकर्ड गरिएको छ भने अन्य तीन स्थानमा तापक्रम शून्यभन्दा तल पुगेको छ। आगामी दिनमा चिसो अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
स्रोतमा उत्पादित फोहोरमध्ये केवल २० प्रतिशत मात्र बञ्चरेडाँडा लैजाने र बाँकी ८० प्रतिशत फोहोरलाई सेवा प्रदायकमार्फत पुनः प्रयोग वा अन्य माध्यमबाट व्यवस्थापन गरिने महानगरले जनाएको छ।
सन् २०२५ मा महासागरले रेकर्ड मात्रामा ताप अवशोषण गरेको छ। अध्ययनका क्रममा वैज्ञानिकहरूले समुद्रको सतहदेखि करिब २ हजार मिटर गहिराइसम्मको तापक्रम र अन्य वातावरणीय परिवर्तन मापन गर्न हजारौँ ‘फ्लोटिङ रोबोट’को प्रयोग गरेका थिए।
यो साता उकालोमा, ‘निर्वाचनमा सरकारको २५ अर्ब खर्च हुने प्रस्ताव, कसरी हुँदैछ व्यवस्थापन?’, ‘पुराना दललाई गिज्याउने रास्वपा, रास्वपालाई गिज्याउने यो तस्वीर’, ‘राज्य कोषबाट करोडौँ लगानी, तर प्रयोगविहीन’सहितका खबरले हेडलाइन बनाए।