गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाएर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको छ।
केन्द्रीय कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले चोरीका दुईवटा मोटरसाइकलसहित काठमाडौँको तारकेश्वरबाट नियन्त्रणमा लिएको छ।
बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ।
म्यानमारमा सैन्य जुन्ताले गराएको पहिलो चरणको विवादास्पद निर्वाचनमा सेना समर्थित ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी’ (यूएसडिपी) ले ९० प्रतिशत सिटसहित जित हासिल गरेको छ।
नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले नोट छाप्ने मेसिनसहित थप दुई जनालाई पक्राउ गरेको छ।
बजारमा माग घटेपछि अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटेको छ।
जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगन्जमा आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
मुगुको रारा क्षेत्रमा सैनिक पुर्याएर फर्कने क्रममा जिप दुर्घटना हुँदा चालक हरिसिंह ऐडीको मृत्यु गएको छ।
बांग्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका बेपत्ताका घटनाहरूको अनुसन्धान गर्न गठित आयोगले कम्तीमा २८७ जनाको मृत्यु भएको निष्कर्ष निकालेको छ।
रौतहटको बौधीमाईमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका २३ वर्षीय मोटरसाइकल चालक दीपेन्द्र बैठाको उपचारका क्रममा गौरमा मृत्यु भएको छ।
सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको बयान प्रक्रिया सम्पन्न गरेसँगै उनीमाथि लगाइएको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा गरेको छ।
भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि कोष स्थापना भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।
डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ट्रम्पलाई ग्रिनल्यान्ड कब्जा गर्ने धम्की बन्द गर्न आग्रह गरेकी छन्।
कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँका प्रमुख बालेन शाहलाई वरिष्ठ नेता र उनको समूहका २५ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२ वर्षपछि विद्वत समिति गठन हुने भएको छ।