अख्तियारले विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रको स्टोरबाट करिब ९०० मिटर तामाको तार हिनामिना गरेको अभियोगमा तत्कालीन केन्द्र प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रको स्टोरबाट करिब ९ सय मिटर तामाको तार हिनामिना गरेको अभियोगमा तत्कालीन केन्द्र प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीव कुमार सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोक प्रसाद काफ्ले तथा सुरक्षा गार्डद्वय राम कुमार पुर्जा र हेम शर्मा रिमालविरुद्ध मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार पोखरा वितरण केन्द्रअन्तर्गतको कोत्रे पोल प्लान्टस्थित स्टोरबाट ७० एमएमको १७४ मिटर र १२० एमएम ७४६ मिटर गरी कुल ९२० मिटर तामाको पीभीसी तार हराएको उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा कर्मचारी र सुरक्षा गार्डको मिलेमतोमा चोरी भएको पाइएको हो। उक्त तार १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबरको रहेको आयोगको भनाइ छ।
अनुसन्धानका क्रममा स्टोरमा रहेको मौज्दात तारलाई योजनाबद्ध रूपमा कम्पाउन्ड बाहिर लैजान मेसिनरी उपकरणको प्रयोग गरिएको र त्यसमा सुरक्षा गार्डहरूले प्रत्यक्ष सहयोग गरेको पाइएको आयोगले जनाएको छ। स्टोर प्रमुख काफ्लेले बदनियतपूर्ण ढंगले मिलेमतो गरी जिन्सी अभिलेखमा रहेको सामान हिनामिना गरेको र तत्कालीन केन्द्र प्रमुख सिंहले आफ्नो उत्तरदायित्व र जिम्मेवारी जानीबुझी पूरा नगरी गैरकानूनी लाभ पुर्याउन सहयोग गरेको आयोगको दाबी छ।
अख्तियारले प्रतिवादीहरू चारै जनालाई जनही १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सजाय मागदाबी गरेको छ। मुख्य कसुरदारहरू सिंह र काफ्लेलाई कैद र बिगोबमोजिम जरिबाना तथा मतियारको भूमिकामा रहेका कान्तिपुर सेक्युरिटी सर्भिसका सुरक्षा गार्डहरू पुर्जा र रिमाललाई पनि मुख्य कसुरदार सरह नै सजाय गर्न माग गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
