AnonymousUser

Logout

नेप्सेमा ४.५९ अंकको सुधार, कारोबार रकम भने घट्यो

नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खुम्चिएको छ।

प्रतिकूल बकपत्र गर्ने दुई सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अनुसन्धानका क्रममा दिएको बयान इन्कार गर्दै अदालतमा प्रतिकूल बकपत्र गरेको अभियोगमा अख्तियारले दुई सरकारी साक्षीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

श्रम मन्त्रालयद्वारा ‘ईपीएस’ परीक्षा उत्तीर्ण गरेकाका पक्षमा निर्णय

सरकारले ईपीएस परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ।

भेनेजुएलाको विषयलाई लिएर पेट्रो–ट्रम्प टकराब

कोलम्बियाका राष्ट्रपति पेट्रोले भेनेजुएलामाथिको आक्रमणलाई ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लंघन’ भन्दै जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गरेका छन्।

अरुणमा पुल नहुँदा…

वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा नदीको बहावका कारण बन्द हुने गरेको छ।

नेपाल प्रहरीले माग्यो १ लाख ३३ हजार निर्वाचन प्रहरी

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्।

‘दलित, मधेशी र जनजातिको मुद्दा सम्बोधन नगरेसम्म रास्वपा ठूलो दल बन्दैन’

सोसल मिडियाले पपुलिजमलाई अझै बढाएको छ। त्यसको प्रतिरोध कसरी गर्ने भन्ने संसारभरकै चुनौती हो। मान्छेहरू किन पपुलर हुन्छन् र किन जनआक्रोशलाई पकड्न सक्ने हुन्छन् भन्ने पनि बुझ्न जरुरी छ।

यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली हुनेछ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ।

कुलमान घिसिङले दिए मन्त्रीपदबाट राजीनामा

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङले बुधबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

शंखरापुरमा भएको बस दुर्घटनामा ४ जनाको मृत्यु

‘नेचर हर्ब’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

काठमाडौँको शंखरापुरमा बस दुर्घटना

आज साँझ शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बस दुर्घटनामा परेको हो।

गगन र विश्वप्रकाशले औपचारिक रूपमै गरे महाधिवेशन आह्वान

तर पार्टी संस्थापनले भने यसलाई विधानविपरीत भन्दै सहभागी नहुन कार्यकर्ताहरूलाई अपील गरेको छ।

सामाजिक सञ्जाल प्रयोगको नीतिविरुद्ध जाने डीआईजीसहित ५९९ प्रहरी कारबाहीमा

फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी कारबाहीमा परेका हुन्।

ग्रिनल्यान्डलाई लिइछाड्ने ट्रम्पको अडानले विवाद चर्किदै

ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा सैन्य विकल्पसमेत विचार गरिरहेका ह्वाइट हाउसले मंगलबार पुष्टि गरेको छ।

दोहोरो अंकले घट्यो शेयरबजार

आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

विवादकै बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

विशेष महाधिवेशन पक्षधरले पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम यही महिनाभित्र महाधिवेशन गर्नु निर्विकल्प विकल्प रहेको जनाएको छ।

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिकः पाँच वर्षमा ५० हजार रोजगारी सृजनाको लक्ष्य

परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नुलगायत रहेको छ।

स्याङ्जामा १३ प्रतिशतले बढ्यो धान उत्पादन

आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्।

भेनेजुएलाबाट ५ करोड ब्यारेल तेल ल्याउने ट्रम्पको दाबी

ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको छ।

सातदिने ‘वर्ल्ड म्याराथन च्यालेञ्ज’मा दौडिँदै जोशी

अन्टाकर्टिकाबाट शुरू भएर अमेरिकाको मियामीमा सम्पन्न हुने म्याराथनमा सहभागी हुने जोशी एक्लो नेपाली हुन्।