AnonymousUser

Logout

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सानेपामा देउवा पक्षको छुट्टै भेला

देउवा समूहले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने भन्दै कानूनी लडाइँ लड्ने जनाएको छ। बिहानैदेखि देउवा पक्षका नेता केन्द्रीय कार्यालयमा भेला भएर छलफल गरिरहेका छन्।

टाँसीगाउँ हुँदै मकालु [तस्वीरहरू]

टासीगाउँमा प्रायः घरमा हिमाल आरोहणका लागि व्यावसायिक गाइड छन्। यहाँ व्यवस्थित होटल, हेलिप्याड, स्वास्थ्य चौकी छ। भरिया पनि सहजै पाइन्छ।

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी, मधेश र लुम्बिनीका तराई भूभागमा तुवाँलो लागेको छ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

तिला नदीमा जिप खस्दा ३ जनाको मृत्यु

कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जिप दुर्घटना भएको हो। जिप सडकबाट ५०० मिटर तल तिला नदी किनारामा पुगेको थियो।

कांग्रेसमा अब गुटबन्दी र भागबन्डा नहुने सभापति थापाको घोषणा

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनपछि पार्टीले ‘रिफर्म’को यात्रा शुरू गरेको उल्लेख गर्दै सत्ताका लागि जोसँग जहिले पनि गरिने ‘अप्राकृतिक गठबन्धन’ को अन्त्य हुने बताए।

आयोगको निर्णय मान्य छैन, कानूनी प्रक्रियामा जान्छौँ : पूर्णबहादुर खड्का

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त निर्णय मान्य नहुने र आफूहरू कानूनी प्रक्रियामा जाने बताएका छन्।

कारागारबाट भागेका १६० कैदी अझै भेटिएनन्

जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्कबाहिर छन्। फरारमध्ये १३ जना विदेशी नागरिक छन्, जसमा ११ भारतीय र २ चिनियाँ रहेका छन्।

सहकारीको बेथिति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारीसम्बन्धी जाँचबुझ आयोग–२०८२’ गठन गर्ने निर्णय गरेको छ।

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि २ दिन म्याद थप

कास्की, बागलुङ र मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिने निर्वाचन प्रहरीको दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ।

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

नेपाल बार एसोसिएसनले मुद्दा फिर्तासम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णय प्रचलित कानूनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्ताका सम्बन्धमा प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ।

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धपछि ४७ लाख बालबालिकाका खाता बन्द

अस्ट्रेलियाली कानूनअनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकाका खाता हटाउन पर्याप्त कदम नचालेमा ४ करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिबाना हुन सक्छ।

बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘सरकारले ५ महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छ’

जेनजी आन्दोलनका शहीद परिवारलाई माग पूरा गर्नुको सट्टा सरकारले पाँच महिनादेखि यताउता कुदाइरहेको भन्दै पीडितहरूले प्रधानमन्त्री कार्यालयअगाडि धर्ना दिएका छन्।

साप्ताहिक ब्रिफिङः चिनियाँ लामा नागरिकतामै बने ‘औतारी गुरु’, कांग्रेसमा अब को आधिकारिक?

यो साता उकालोमा, ‘प्रवासी र बेजिल्ला मताधिकारः प्रधानमन्त्री कार्यालयमा थन्कियो अध्यादेशको मस्यौदा’, ‘अन्ततः सग्लो रहेन नेपाली कांग्रेस’, ‘मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार’ लगायतका खबरले हेडलाइन बनाए।

‘इरान हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक’

क्षेत्रीय मुलुकले सम्भावित सैन्य कदमले मध्यपूर्व क्षेत्रको स्थायित्व र विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।

कांग्रेस विवाद: देउवा पक्ष पनि निर्वाचन आयोगमा

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चुनिएपछि उत्पन्न विवादमा आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता आयोगमा पुगेका हुन्।

मदन पुरस्कार पुस्तकालयमा ५० हजार पुस्तक दर्ता

२०१२ सालमा स्थापित पुस्तकालयमा पुस्तक, पत्रिका, हस्तलिखित सामग्री, पाण्डुलिपि, अभिलेख सहितको संग्रह रहेकोमा यसमध्ये ५० हजार कृति भने अनलाइन दर्तामा उपलब्ध भएको जनाइएको छ।

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगम सञ्चालक समितिले पेट्रोलको मूल्य प्रतिलिटर ३ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। कोशी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बदली हुने विभागले जनाएको छ।

ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।