नेपाली कांग्रेसभित्रको विवाद सुल्झाउन बालुवाटारमा वार्ता भइरहँदा अर्कोतर्फ भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया र सानेपामा केन्द्रीय समिति बैठक एकसाथ अघि बढेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसमा जारी आन्तरिक विवाद समाधानका लागि नेताहरूबीच पुनः वार्ता शुरू भएको छ। पहिलो चरणको छलफल निष्कर्षविहीन भएपछि दोस्रो चरणको वार्ता शुरू भएको हो। सहमतिका लागि दुवै पक्षले आन्तरिक छलफल गरेर पुनः वार्तामा बसेका हुन्। नेताहरूले सहमतिका लागि अधिकतम लचकता अपनाउने बताएका छन्।
बालुवाटारमा जारी वार्तामा संस्थापन (शेरबहादु देउवा) पक्षबाट रमेश लेखक र बालकृष्ण खाण सहभागी छन् भने विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरु घिमिरे रहेका छन्।
पहिलो चरणमा विशेष पक्षले राखेका मागमा सहमति हुन नसक्ने संकेत देउवा पक्षले दिइसकेको छ। विशेष पक्षले देउवाले वर्तमान नेतृत्वको जिम्मेवारी, नेतृत्वको निर्वाचनमा लड्न नपाउने व्यवस्था र विशेष महाधिवेशनको अपनत्व लिनुपर्ने माग राखेको छ।
एकातिर वार्ता, अर्कोतिर निर्वाचन सहमतिका लागि वार्ता भइरहँदा भृकुटीमण्डपमा भने विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया पनि जारी छ। त्यहाँ मनोनयन पत्र लिने क्रम जारी छ। निर्वाचन समितिका अनुसार साँझ ५:०० बजेपछि मात्रै उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ।
बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले भने नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन भएकाले कुनै पनि बहानामा निर्वाचन प्रक्रिया रोक्न नहुने भन्दै दबाब दिइरहेका छन्।
यता पार्टीको संस्थापन पक्षले भने केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। वार्ता भइरहेकै समयमा कतिपय नेताहरू सानेपा पुगेका छन्। विशेष महाधिवेशनमा सहभागी हुँदै आएका नेता चन्द्र भण्डारी पनि पार्टी विभाजन हुन नहुने भन्दै केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका छन्।
विशेष पक्षले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि संस्थापन पक्ष भने रुष्ट बनेको छ। नेता रमेश लेखकले बिहानको वार्ता सकारात्मक भइरहेका बेला निर्वाचन प्रक्रिया अगाडि बढाउनु उचित नभएको प्रतिक्रिया दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
