सीआईबीले काठमाडौँको ज्याठाबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ नागरिकलाई उपकरणसहित पक्राउ गरेको छ।
काठमाडौँ– काठमाडौँको ज्याठामा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई काठमाडौँ महानगरपालिका–२७ बाट पक्राउ गरेको हो।
ब्यूरोका अनुसार, चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको माध्यमबाट गैरकानूनी कल बाइपास हुने गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनास्थलबाट कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरणहरूसमेत बरामद गरेको छ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, पक्राउ परेका सातै जनामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
यसैबीच, सीआईबीले कास्की कारागारबाट फरार रहेका कैदी कृष्णबहादुर मिजारलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका मिजार उपत्यकामा लुकीछिपी बसिरहेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका मिजारलाई आवश्यक कारबाहीका लागि काठमाडौँको जगन्नाथदेवलस्थित कारागार कार्यालयमा पेश गरिएको ब्यूरोले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
