Friday, April 26, 2024
नेपाल बाल संगठनको नक्सालस्थित बालमन्दिर परिसरको २९ रोपनी जग्गा संगठनका पदाधिकारीको मिलीभगतमा व्यापारिक घरानाले कब्जा गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।
दिपा दाहाल
2024-03-26 19:30:26
नक्सालको बालमन्दिर प्रबलीकरणको काम तोकिएभन्दा दोब्बर समय बित्दा पनि ६२ प्रतिशतमा सीमित छ। पुनर्निर्माणमा विलम्ब हुँदा बाल संगठनमा आश्रित बालबालिका ८ वर्षदेखि सास्ती खेपिरहेका छन्।
मेनुका लम्साल
2024-03-21 13:13:33
बाल संगठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा व्यापारिक घराना विशाल ग्रुपले गैरकानूनी सम्झौताका आडमा हत्याएको पुष्टि भइसक्दा पनि सम्झौता रद्द र दोषीलाई दण्डित गर्न सरकार नै असहयोगी देखिएको छ।
2024-03-08 19:10:00
चौधरी ग्रुपले हडपेको बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गाबारे अख्तियारले १५ महिनादेखि गरिरहेको अनुसन्धान जहाँको त्यहीँ छ। अर्थ मन्त्रालयको अपुरो प्रतिवेदनले अख्तियारलाई सजिलो पारिदिएको छ।
2024-01-23 16:00:00
व्यापारीसँगको मिलेमतोमा विद्यालयका पदाधिकारीले नै जुद्धोदय स्कुल तहसनहस पारेको तथ्य उजागर भएपछि काठमाडौँका मेयर बालेन साहले तत्काल छानबिन समिति बनाए। तर समितिले प्रतिवेदन दिएपछि उनी ‘चुपचाप’ छन्।
2023-10-15 16:26:46
नेपाल बाल संगठनको भक्तपुर दरबार क्षेत्रमा रहेको घरजग्गा आफूखुशी प्रयोग गर्न नपाएपछि नगरपालिकाले त्यहाँ आश्रित अनाथ बालबालिकालाई पिउने पानी आपूर्ति र बर्खामा चुहिने छानो मर्मत गर्नसमेत रोक लगाएको छ।
2023-08-18 20:00:33
जुद्धोदय स्कुल मास्नेगरी व्यापारीलाई जग्गा सुम्पने सम्झौता गैरकानूनी रहेको निष्कर्ष काठमाडौँ महानगरपालिकाद्वारा गठित छानबिन समितिले निकालेको छ। योसँगै प्रश्न उठेको छ, अब महानगरले कारबाही गर्ला?
2023-08-04 20:45:05
विशाल ग्रुपले संगठनबाट लिजमा लिएको जग्गामा स्कुल सञ्चालन गर्न ठूल्ठूला भवन बनाएको छ। यी भवनका कारण पनि बालगृह डुबानमा परेको हो।
उकालो
2023-07-15 09:39:46
तत्कालीन पदाधिकारीसँगको मिलेमतोमा बाल संगठनको जग्गा ६० वर्षलाई ‘लिज’मा हात पारेको व्यापारिक घराना विशाल ग्रुपले त्यहाँ १० तलाको भवन बनाउन अघि बढाएको प्रक्रिया जनप्रतिनिधिले रोकिदिएका छन्।
2023-07-11 20:58:16
८५ वर्ष पुरानो जुद्धोदय स्कुलको जग्गा १५ वर्षअघि व्यापारी मनोज मिश्रले ‘कब्जा’ गरेपछि स्कुल कसरी तहसनहस हुँदै गयो? विद्यालयका पदाधिकारी र प्रधानाध्यापक नै यो बर्बादीमा कसरी भर्याङ बनिदिए?
2023-06-07 20:10:25
संरक्षणको जिम्मा लिएर नेपाल बाल संगठनले बेपत्ता पारेका टुहुरा बालक पोकलप्रसाद दाहालको खोजी र घटना अनुसन्धान गर्न गृह मन्त्रालयको निर्देशन लगत्तै मानव बेचबिखन ब्यूरो सक्रिय बनेको छ।
2023-05-09 13:27:56
एमालेका प्रमुख सचेतक पदम गिरीले बाँसबारी र बालमन्दिरको जग्गा घोटाला लगायतका प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
2023-05-07 19:43:09
‘हाइ–प्रोफाइल’हरूलाई हायलकायल पारेको नक्कली शरणार्थी प्रकरणले देश नै खोक्रो पारिरहेको ‘लुटतन्त्र’लाई हिर्काउने अवसर पनि दिएको छ। त्यसको प्रस्थानविन्दु बन्न सक्छ, बाँसबारी र बालमन्दिर प्रकरण।
रामेश्वर बोहरा
2023-05-06 19:32:32
ओखलढुंगाबाट काठमाडौँ ल्याएर बाल संगठनको नक्सालस्थित बालगृहमा राखिएका पोकल दाहाल १७ वर्षदेखि बेपत्ता छन्। घटनाक्रमले उनी संगठनबाटै भारतमा बेचिएको देखाउँछन्, मामा उमाकान्त निरन्तर भान्जा खोजिरहेछन्।
2023-05-04 18:55:37
कञ्चन झा
देवेन्द्र भट्टराई
राजेश विद्रोही
रोशन जनकपुरी
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।