भूमिसुधार तथा मालपोत कार्यालयले २१ दिनभित्र उपस्थित हुन आग्रह गरेको अन्तिम दिन सीजी चाँदबाग रेसिडेन्सी प्रालीले आफूसँग भएका कागजात बुझाएको छ।
काठमाडौँ– सरकारी जग्गा हिनामिना, किर्ते र ठगी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर बुधाबार आफूसँग भएका कागजात बोकेर डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भए।
मालपोत कार्यालयले गत माघ २४ गते प्रालिका अध्यक्ष सञ्जय ठाकुरका नाममा २१ दिनभित्र आफैँ वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित हुन पत्र काटेको थियो। प्रालिका अध्यक्ष ठाकुरले उक्त पत्र त्यसको भोलिपल्ट मात्रै बुझेका थिए। ठाकुरले मालपोत कार्यालयले तोकेको समय सकिने दिन मात्रै मालपोत कार्यालयमा पुगेर जग्गासँग सम्बन्धित कागजातको फाइल बुझाएका छन्।
मालपोत प्रमुख छवि नेपालीले बुधबार साँझ कार्यालय सकिने समयमा ठाकुरले फाइल बोकेर आएको र कार्यालयले उक्त फाइल दर्ता गरेर राखेको जानकारी दिए। “फाइल आज दर्ता भए पनि अध्ययन गर्न पाएका छैनौँ। उहाँहरूले के कसो दाबी गर्नुभएको छ। त्यो अध्ययन गरेपछि मात्र थाहा होला,” उनले भने।
ठाकुरले बासँबारी छाला तथा जुत्ता कारखानाको नाममा रहेको सरकारी जग्गा चौधरी समूहको अधिकांश लगानी रहेको तत्कालीन च्याम्पियन फुटवेर लिमिटेडलाई बिक्री गर्दा सरकारको अनुमति लिएको पाइयो त? भन्ने प्रश्नमा मालपोत कार्यालयका प्रमुख नेपालीले भने, “फाइल बुझाएपछि गरिएको कुराकानीबाट उहाँहरू (सीजी चाँदबाग रेसिडेन्सी प्रालि)ले यससम्बन्धी पत्र ल्याएको जस्तो लाग्दैन। यद्यपि फाइलमा भएका सबै कागजात अध्ययन गरेपछि मात्रै हामीले भन्ने कुरा रह्यो।”
बाँसबारीको १० रोपनी जग्गा हिनामिना सम्बन्धी विस्तृत खोजमूलक समाचार २०७९ कात्तिक ५ गते उकालोले प्रकाशित गरेको थियो।
सीआईबीले उक्त जग्गा सरकारी भएको भन्दै सरकारको नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन गत माघ २२ गते मालपोत कार्यालयलाई मिसिलसहित पत्राचार गरेको थियो। सीआईबीको पत्रपछि मालपोत कार्यालयले उक्त जग्गा सरकारका नाममा ल्याउन औपचारिक प्रक्रिया अघि बढाएको थियो।
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना, किर्ते र ठगी कसूरमा सीआईबीले चौधरी समूह अन्तर्गतको सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र होल्डिङ्सका महाप्रबन्धकसमेत रहेका सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।
उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पहिलो पटक चार दिन म्याद थपेको थियो। माघ २२ गते पहिलो पटक थपिएको म्याद सकिएपछि दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि दुई दिनको मात्रै समय दिएका थिए।
इजलासले दुई दिनभित्रमा अनुसन्धान नसकिए हाजिरी जमानीमा छाड्नसमेत आदेश दिएको थियो। अदालतले उक्त आदेश दिएकै दिन माघ २२ गते नै सीआईबीले मालपोत कार्यालयलाई पत्र लेखेर जग्गा सरकारी भएको भन्दै सरकारको नाममा श्रेस्ता अध्यावधिक गरी ल्याउन पत्र पठाएको थियो। इजलासको आदेशपछि माघ २४ गते सीआईबीले पक्राउ गरेका तीनै जनालाई हाजिरी जमानीमा छाडेको थियो।
२०४४ सालमा कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा सरकारको स्वीकृतिबिना नै चौधरी समूहको अधिकाशं लगानी रहेको च्याम्पियन फुटवेयर लिमिटेडलाई बिक्री गरिएको थियो। तत्कालीन कार्यकारी अध्यक्ष थापाले कारखाना सञ्चालक समितिको ४०१औँ बैठकबाट फुटवेयरलाई उक्त जग्गा बिक्री गर्ने निर्णय गराएका थिए। १० रोपनी जग्गा फुटवेयरलाई दिए वापत कारखानाले फुटवेयरबाट २५ प्रतिशत शेयर लिएको थियो। साथै २४ प्रतिशत फुटवेयरको शेयर सर्वसाधारणमा जारी गर्ने सम्झौता भएको थियो।
फुटवेयरले वार्षिक १० लाख क्यानभास जुत्ता उत्पादन गर्ने प्रतिबद्धता कारखानासँग गरेको थियो। यो सम्झौता हाल नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसदसमेत रहेका अरुण चौधरीका दाइ बिनोद चौधरीको सक्रियतामा भएको थियो। फुटवेयरले तीन वर्षमै जुत्ता उत्पादन बन्द गरेको थियो। २०५१ सालमा फुटवेयरमा कारखानाको नाममा रहेको २५ प्रतिशत शेयर अर्थमन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको नाममा नामसारी गरिएको थियो। तर २०५२ सालमा उक्त शेयर अरुण चौधरीलाई नै ३६ लाखमा सरकारले बिक्री गरेको थियो। त्यसपछि २०५४ सालमा फुटवेयरलाई लिमिटेडबाट प्राइभेट बनाइएकोमा पछि कम्पनीको नाम परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्राइभेट लिमिटेड बनाइएको थियो।
यस कम्पनीको सञ्चालक अरुण चौधरी, शिला चौधरी र सञ्जय ठाकुर रहेका छन्। ठाकुर यस कम्पनीका अध्यक्ष हुन्।
––––– यो पनि ––––––
समाचार प्रभाव –
- चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्यो अनुसन्धान
- बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ
- बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक थापा पक्राउ
- बाँसबारी जग्गा प्रकरण : आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ
- अरुण चौधरीसहित ३ जनालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- बाँसबारी जग्गा प्रकरण: पक्राउ परेकाहरू अस्पताल भर्ना हुँदै
- अरुण चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति, शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन गरेको जिकिर
- बाँसबारी जग्गा प्रकरणको ‘फाइल खोल्न’ सीआईबीले खर्चेका ३ महिना
- बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरू अस्पताल भर्ना
फलोअप –
- बाँसबारी प्रकरणमा ३५ वर्षअघिको महालेखा प्रतिवेदन– ‘चौधरी ग्रुपलाई जग्गा दिने निर्णय गैरकानूनी, कारबाही गर्नू’
- बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकाे १० घण्टा बयान- ‘कुनै गल्ती भएको भए सरकारबाटै भयो होला’
- बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई अस्पतालमा राखिएको भन्दै ओलीले जनाए आपत्ति
- बाँसबारीको १८ रोपनी जग्गा नै दिन लागिएको थियो चौधरी ग्रुपलाई, मालपोतसम्मै थियो ‘सेटिङ’
- बाँसबारी प्रकरणमा पक्राउ परेकाको अनुसन्धान मंगलबारसम्म सक्न अदालतको आदेश- ‘नत्र हाजिरी जमानीमा छाड्नू’
- अदालतको आदेशपछि बाँसबारी जग्गा प्रकरणको अनुसन्धान के हुन्छ?
- बाँसबारी प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटे
- बाँसबारीको जग्गा हडप्न सर्वसाधारणलाई दिनुपर्ने फूटवेयरको २४ प्रतिशत शेयर नै ‘कब्जा’
- बाँसबारी जग्गा प्रकरण : जग्गा फिर्ता ल्याउन मालपोतले जारी गर्यो २१ दिने सूचना
- बाँसबारीको सरकारी जग्गा धितो राखेर चौधरीले लिएका थिए २९ करोड ऋण, ताकेतामा नेपाल बैंक
- अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
- संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर
- बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
- बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार
- चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
