दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ।
बैतडी– बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।
बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार साँझ दुर्घटना भएको थियो।
बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चाैडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको हो। एक जनाको सनाखत हुन बाँकी छ ।
डडेलधुरा अस्पतालमा बित्थडचिर पालिका–७ का १७ वर्षीय विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्यु पालिका–७ बस्सीका २७ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो।
दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। उनीहरूको डडेलधुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ। उक्त बसमा वरवधु सवार थिएनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
