दुई वर्षभित्र सम्पन्न गर्नेगरी २०७४ भदौ ३१ गते शिलान्यास भएको धाप्लाङघाटको माटरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अलपत्र छ।
खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुल आठ वर्षदेखि अलपत्र छ। ठेकेदारको लापरबाहीका कारण निर्माण शुरू भएको लामो समयसम्म पुल नबनेको हो।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो। नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निराश भएका थिए।
२०७४ भदौ ३१ गते शिलान्यास भएको धाप्लाङघाट मोटरेबल पक्की पुलका लागि स्ल्याब ढलानको काम शुरू गरिएको छ। २०७६ सालमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउनेगरी धाप्लाङघाटको माटरेबल पक्की पुलका लागि सम्झौता गरिए पनि ठेकेदारको लापरबाहीका कारण निर्माणको काम अलपत्र परेको हो।
२१ करोड ६५ लाख रुपैयाँमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको थियो। निर्माण अलपत्र पारेपछि कम्पनीलाई कालोसूचीमा राखेर धरौटी तानेपछि ज्वाइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको काम थालेको हो।
विभिन्न कठिनाइका बीच पुल निर्माणको कामलाई पुनः शुरू गराउन सफल भएको निवर्तमानमन्त्री भूपेन्द्र राईले बताए। “धाप्लाङघाट पुलमा पाँचवटा स्ल्याब रहन्छ। एउटा भर्खरै ढलान भएको छ। यस वर्ष कम्तीमा तीनवटा ढलान सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ,” उनले भने, “धाप्लाङघाट पुल सञ्चालनमा आएपछि खोटाङको समृद्धिको यात्रा शुरू हुन्छ। यसतर्फ निर्वाचित जनप्रतिनिधिले ध्यान दिन जरुरी छ।”
थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्छ। २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। पुल निर्माणको काम ४३ प्रतिशत सकिएको सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार धाप्लाङघाटमा वेल फाउन्डेसन प्रविधिको पुल निर्माण शुरू गरिएको थियो।
त्यो सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण शुरू गरिएको छ। स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ। पानी चाँडै सुकाउन सके यो वर्ष थप दुईवटा स्ल्याब ढलान सकिन्छ। पुल निर्माणका लागि ६ वटा पिलर निर्माण गर्नुपर्नेमा चारवटा मात्र सकिएको छ। तर निर्माण भएको एउटा पिलर गत वर्षको बाढीले बङ्ग्याएकाले पुनर्निर्माण गर्नुपर्ने भएपछि अझै तीनवटा पिलर बनाउन बाँकी छ।
धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौंअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ। तर सुनकोसीमा पक्की पुल नहुँदा ठूला सवारीसाधन वारपार गर्ने अवस्था छैन। मोटरसाइकल भने झोलुंगे पुलबाट वारपार गर्ने गरिएको स्थानीयले बताएका छन्।
धाप्लाङघाटमा पुल नहुँदा पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महँगो हुनुका साथै स्थानीय उत्पादनलाई निकासी गर्न कठिन भएको बराहपोखरी गाउँपालिकाका प्रमुख सालिकराम बञ्जराले बताए। “धाप्लाङघाट पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएका छौँ। पछिल्लो समय पुल निर्माणको कामले गति लिएसँगै केही आशा जगाएको छ, निरन्तर खबरदारी आवश्यक छ,” उनले भने।
धाप्लाङघाटमा पुल निर्माणपछि खोटाङको बराहपोखरी, जन्तेढुंगा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको छ। धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नभएसम्मका लागि सञ्चालन गर्न अस्थायी बेलिब्रिज जडानको कामसमेत थालिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
