भक्तपुर–२ : रास्वपाका राजीव खत्रीको अग्रता कायमै

क्तपुर निर्वाचन क्षेत्र नं. २ मा रास्वपाका राजीव खत्री ८ हजार ५२० मतसहित पहिलो स्थानमा छन्।

भक्तपुर— भक्तपुर निर्वाचन क्षेत्र नं. २ को ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले आफ्नो अग्रता कायम राखेका छन्। खत्री ८ हजार ५२० मतसहित पहिलो स्थानमा छन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का महेश बस्नेतलाई ५ हजार ६४४ मतको अन्तरले पछि पारेका छन्। बस्नेतले हालसम्म २ हजार ८७६ मत प्राप्त गरेका छन्।

यसैगरी, नेपाली कांग्रेसका कबीर रानाले १ हजार ३४२ मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरू मादल चुनाव चिह्नका रमेश वैद्यले २६२ मत, हलोका विक्रम थापाले २४१ मत र तारा चुनाव चिह्नका रामप्रसाद सापकोटाले २२८ मत प्राप्त गरेका छन्।

हाल गणना जारी रहेको र अन्तिम नतिजा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।