मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित

प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।

काठमाडौँ-प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।  ३३०७ मत ल्याएर थकाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १८०६ मत ल्याए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन्।