AnonymousUser

Logout

‘जेनजी’ आन्दोलनले क्षतिग्रस्त प्रहरी प्रभाग पुनर्स्थापनामा जुटे स्थानीय

‘जेनजी’ आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी चौकी र प्रभागहरूको पुनर्स्थापना र सरसफाइमा स्थानीय समुदायले अग्रसरता देखाएका छन्।

सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्।

सभामुख र राष्ट्रियसभा अध्यक्षले भने– विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

हालको विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति विधिको शासन र संविधानबाट बाहिर नजानेमा आफूहरू दृढ रहेको उनीहरूले जनाएका छन्।

निर्बाध रूपमा पेसा, व्यवसाय गर्ने वातावरण बनाउन उद्योग वाणिज्य महासंघको आग्रह

नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ।

शीतलनिवास क्षेत्रको सुरक्षामा कडाइ [तस्वीरहरू]

नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले कानूनी तथा राजनीतिक परामर्श गरिरहेका छन्। बिहीबार रातिसम्म भएको छलफल शुक्रबार पुन: हुँदैछ।

जेनजी आन्दोलन: निसानामा नेता र व्यापारीका घर, अझै भयभीत छिमेकी

जेनजी आन्दोलनका क्रममा देशका प्रशासकीय र प्रहरी कार्यालय, नेताका घर तथा व्यापारिक भवनसहितका संरचनामा आगजनी गर्दा सिर्जना भएको आतंकले छिमेकमा बस्ने सर्वसाधारण अझै त्रसित छन्।

फर्किए चितवन कारागारबाट भागेका ५४ कैदीबन्दी

भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए। अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले बताएका छन्।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत, संसद्‌बारे पुनः छलफल

शीतलनिवासमा बिहीबार रातिसम्म राष्ट्रपति पौडेलले गरेको कानूनी तथा राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। संसद् विघटनबारे भने टुंगो लागेको छैन।

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्नेसमेत विश्वास गरिएको छ।

शीतलनिवासमा राष्ट्रपतिः बिहीबार रातिसम्म कानूनी र राजनीतिक परामर्श

राष्ट्रपति पौडेलले शीतलनिवासमा बिहीबार रातिसम्म कानूनी तथा राजनीतिक परामर्श गरेपछि आन्दोलनकारीको मागबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख नियुक्त गर्ने तयारी गरेका छन्।

'जेनजी' आन्दोलनले असर परेका पर्यटकलाई निःशुल्क भिसा

अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ।

उपत्यकामा निषेधाज्ञा र कर्फ्युलाई निरन्तरता, शुक्रबार पनि जारी रहने

सर्वसाधारणको किनमेल र आवतजावतका लागि बिहान ६ देखि ११ बजे र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु हटाइए पनि सो समयमा कुनै प्रकारको जुलुस, धर्ना वा प्रदर्शन गर्न निषेध गरिएको सेनाले जनाएको छ।

राष्ट्रपतिले नै संकट समाधानको पहलकदमी लिनु अपरिहार्य: नागरिक अगुवा

नागरिक अगुवाहरूले नेपाली सेनालाई आफ्नो पेसागत व्यावसायिकता स्मरण गराउँदै नागरिक र संवैधानिक सर्वोच्चताभित्र रहेर संकट समाधानमा भूमिका खेल्न आग्रह गरेका छन्।

नख्खु कारागारबाट भागेका सञ्जय टकलासहित १८ कैदीबन्दी नियन्त्रणमा

जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ कैदीबन्दीलाई काभ्रेपलान्चोकको मंगलटारबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

कस्तो छ अत्यावश्यकीय वस्तुको आपूर्ति अवस्था?

‘जेनजी’ आन्दोलनका कारण आपूर्ति प्रणालीमा केही समस्या देखिए पनि व्यवसायी र सरकारी निकायले खाद्य सामग्रीको पर्याप्त मौज्दात रहेको बताएका छन्।

यस्तो छ नेपालबारे विदेशी मिडियाको ‘कभरेज’

विदेशी सञ्चारमाध्यमहरूले भदौ २३ गतेदेखि नै नेपाललाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिरहेका छन्। भारतदेखि युरोप र अमेरिकाका सञ्चारमाध्यममा लगातार नेपालसम्बन्धी समाचार प्रकाशित भइरहेका छन्।

वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक संकट समाधान गर्न संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन्।

आन्दोलनका क्रममा भएको क्षतिप्रति चेम्बरद्वारा दुःख व्यक्त, संवाद र सहकार्यमा जोड

चेम्बरले आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको भन्दै सबै सरोकारवालालाई यस चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।

सर्वोच्च अदालतले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ थाल्ने

भदौ २४ गते सर्वोच्च अदालतलगायत देशभरका अन्य अदालतमा आगजनी, ढुंगामुढा र लुटपाट भएको थियो। यसबाट अदालतका महत्त्वपूर्ण दस्ताबेज, उपकरण र भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।

हातहतियारसहितका सामग्री फिर्ता गर्न प्रहरीको आग्रह

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरूसमेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई प्रहरीले अनुरोध गरिएको छ।