रामेछापका ९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया शुरू गर्ने तयारी गरिएको छ।
काठमाडौँ- रामेछाप जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम मन्थलीमा सङ्कलन गरिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहानसम्म जिल्लाभरका सबै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मन्थली ल्याइपुर्याइएको हो।
९६ मतदानस्थल अन्तर्गत रहेका २ सय ३० मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिका सदरमुकाम ल्याइएपछि अब मतगणनाको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। मतगणनाका लागि मन्थलीस्थित मालपोत कार्यालय परिसरमा मतगणनास्थल तयार पारिएको छ। आवश्यक सुरक्षासहित मतगणनाका लागि कर्मचारी तथा प्रतिनिधिहरूलाई तयारी अवस्थामा राखिएको बताइएको छ।
रामेछापमा यसपटक कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेका थिए। तीमध्ये ९० हजार ७ सय १० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो कुल मतदाताको करिब ४८ प्रतिशत हो।
मतदान सम्पन्न भएपछि जिल्लाभरबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम ल्याउने कार्य पूरा भएसँगै अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
