धनकुटामा एमालेको शुरूआती अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा एमालेका राजेन्द्रकुमार राई शुरूआती अग्रता लिएका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवारले उनलाई पछ्याइरहेका छन्।

धनकुटा— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा नेकपा (एमाले) ले शुरूआती अग्रता लिएको छ।

मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार अपराह्न २:०० बजेसम्म १ हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गरेका छन्।

यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली कांग्रेसका दिनेश राईले १८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले २३ मत प्राप्त गरेका छन्। 

त्यस्तै, चकिया (जाँतो) चिह्नका स्वतन्त्र उम्मेदवार निसान राईले १५ मत प्राप्त गरेका छन्। यहाँ तीन स्वतन्त्र र १४ दलका गरी कुल १७ जना उम्मेदवार चुनावी मैदानमा छन्।