प्रतिनिधिसभा निर्वाचन: ३४ क्षेत्रको मतगणना हुँदा ३० स्थानमा रास्वपाको अग्रता

निर्वाचन आयोगका अनुसार मत गणना भइरहेका ३४ वटा क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।

काठमाडौँ- बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।  निर्वाचन आयोगले  १६५ निर्वाचन क्षेत्रमध्ये ३४ वटा क्षेत्रको प्रारम्भिक मतगणना  सार्वजनिक गरेको छ। 

आयोगका अनुसार मत गणना भइरहेका ३४ वटा क्षेत्रमध्ये ३० वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।

त्यस्तै नेकपा एमालेले ३ वटामा क्षेत्रमा अग्रता कायम गरेको छ भने कांग्रेस एउटा क्षेत्रमा मात्रै अगाडि देखिएको छ।