मतगणना अपडेट: ७० स्थानमा रास्वपाको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७० निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।

काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७० स्थानमा अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार शुक्रबार दिउँसो २ बजेसम्म गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमध्ये ७० स्थानमा रास्वपाले अग्रता कायम गरेको छ। त्यसैगरी, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ६/६ स्थानमा अगाडि छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी र स्वतन्त्र उम्मेदवारले एक/एक स्थानमा अग्रता लिएका छन्।

यसैबीच, हालसम्म रास्वपा र नेपाली कांग्रेसबाट एक/एक जना उम्मेदवार विजयी भइसकेका छन्।

काठमाडौँ क्षेत्र नं १ बाट रास्वपाकी रञ्जु दर्शना १५ हजार ४५५ मतसहित र मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित विजयी भएका छन्।