जाडोयाममा आगो, हिटर तथा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष मृत्यु तथा अस्पताल भर्ना हुने घटना हुने गरेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
कांग्रेस संस्थापनले बहुमतबाट वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेकोमा असहमति जनाएका महामन्त्रीद्वयले जेन-जी आन्दोलनपछि बदलिएको परिवेशमा अहिलेकै नेतृत्व लिएर निर्वाचनमा जान नसकिने तर्क गरेका छन्।
सर्वोच्च अदालतले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ।
नेपाली कांग्रेसले आगामी वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ भने महामन्त्री गगन थापाले त्यसमा असहमति प्रकट गरेका छन्।
नेपालमा अधिकांश इन्टरनेट प्रयोगकर्ताले सामाजिक सञ्जालबाट सूचना लिन्छन्। चुनावको बेला राजनीतिक दल, तिनका भातृ संगठन र कार्यकर्ताबाट सञ्चालित व्यक्तिले सञ्जालमार्फत फैलाएका मिथ्या सूचना नियन्त्रण चुनौतीपूर्ण छ।
जिल्ला अस्पताल कारागारबाट करिब ५०० मिटरको दूरीमा रहे पनि सवारीसाधनको अभावमा सुरक्षाकर्मीको साथ लगाउँदै कैदीबन्दीलाई पैदलै लैजानुपर्ने बाध्यता छ। अर्कोतर्फ, अहेवको दरबन्दी भए तापनि गत साउनदेखि कारागारमा कोही पनि स्वास्थ्यकर्मी खटिएका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी महँगीविरुद्धको प्रदर्शनमाथि हिंसात्मक दमन गरिए अमेरिका कडा प्रतिक्रिया दिन तयार रहेको चेतावनी दिएका छन्।
बाक्लो कुहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएपछि ट्राफिक प्रहरीले चालकहरूलाई विशेष सावधानी अपनाउन र सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
बिटकोइन र इथेरियम जस्ता क्रिप्टोकरेन्सी, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेटहरू 'भर्चुअल सम्पत्ति' अन्तर्गत पर्दछन्। यस्तो सम्पत्तिको कारोबारमा युवा पुस्ताको संलग्नता बढी रहेको पाइएको छ।
पछिल्लो समयका वैकल्पिक भनिएका शक्तिहरू रास्वपामा गोलबद्ध बनेपछि अरू पार्टीहरूले एकापसमा एकता अभियान नै चलाइरहेका छन्। कांग्रेस र एमाले भने राष्ट्रियसभा निर्वाचन हुँदै प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने रणनीति बनाउँदैछन्।
आगलागीमा परेर १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ।
राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इंग्लिस बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिएको थियो।
यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए।
प्रभु मेनेजमेन्ट प्रालिको आवरणमा भएको देशभरका सहकारीको रकम हिनामिना प्रकरणमा जाहेरी दिने सहकारीहरू थपिइरहँदा यो प्रकरणका ‘मास्टरमाइन्ड’ भट्टचन भने प्रहरीलाई नै छलेर उम्किइसकेका छन्।
बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्। साँझपख पनि चिसो बढ्न थालेपछि बजार सुनसान हुन थालेका छन्।
विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका छन्।
दिउँसो पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। तराईमा हुस्सु तथा कुहिरो कायम नै रहनेछ।
अत्यधिक चिसो बढेसँगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिए।
राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साबिकअनुसार अर्थात् जेनजी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ।
नेपालमा भर्चुअल सम्पत्तिसम्बन्धी गतिविधि कानूनी रूपमा निषेधित रहेको उल्लेख गर्दै प्रतिवेदनले यस्ता कार्यहरू अवैध वैदेशिक विनिमय (हुन्डी), अनलाइन वित्तीय ठगी, अनलाइन जुवा र 'मनी–म्युल' प्रयोगजस्ता आपराधिक गतिविधिसँग जोडिने गरेको निष्कर्ष प्रस्तुत गरेको छ।