AnonymousUser

Logout

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र  कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति फैलाएर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ।

कारागारबाट फरार प्रतिवादी चोरीका दुई मोटरसाइकलसहित पक्राउ

केन्द्रीय कारागारबाट फरार भएका एक प्रतिवादीलाई प्रहरीले चोरीका दुईवटा मोटरसाइकलसहित काठमाडौँको तारकेश्वरबाट नियन्त्रणमा लिएको छ।

बुटवलमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको मृत्यु

बुटवलमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ।

म्यानमार निर्वाचन: पहिलो चरणमा सेना समर्थित दलको जित

म्यानमारमा सैन्य जुन्ताले गराएको पहिलो चरणको विवादास्पद निर्वाचनमा सेना समर्थित ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी’ (यूएसडिपी) ले ९० प्रतिशत सिटसहित जित हासिल गरेको छ।

नक्कली नोट छाप्ने मेसिनसहित थप २ जना पक्राउ

नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले नोट छाप्ने मेसिनसहित थप दुई जनालाई पक्राउ गरेको छ।

चैतदेखि असारसम्म दोस्रो राष्ट्रिय आर्थिक गणना

तथ्यांक कार्यालयले ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासाथ जिल्लास्तरमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी आगामी चैत १ गतेदेखि असार मसान्तसम्म देशैभर तथ्यांक संकलन गर्ने लक्ष्य लिएको छ।

घट्यो अण्डाको मूल्य

बजारमा माग घटेपछि अण्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँले घटेको छ।

वीरगन्जमा मंगलबार बिहानसम्मका लागि कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगन्जमा आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

पहुँचवाला अभियुक्त उम्काउने न्याय प्रणाली

अनुसन्धानको सहयोगी अंग मानिने महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालय तथा न्याय–अन्याय छुट्याउने स्वतन्त्र न्यायालयका निर्णयले ठूला घटनाका अभियुक्त धमाधम उम्किरहेका छन्, कसरी?

मुगुमा जिप दुर्घटना हुँदा सेनाका अमलदारको मृत्यु

मुगुको रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्कने क्रममा जिप दुर्घटना हुँदा चालक हरिसिंह ऐडीको मृत्यु गएको छ।

हसिना शासनकालमा भएका बेपत्ताका घटनामा २८७ जनाको मृत्यु

बांग्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा भएका बेपत्ताका घटनाहरूको अनुसन्धान गर्न गठित आयोगले कम्तीमा २८७ जनाको मृत्यु भएको निष्कर्ष निकालेको छ।

रौतहटमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहटको बौधीमाईमा गाडीको ठक्करबाट गम्भीर घाइते भएका २३ वर्षीय मोटरसाइकल चालक दीपेन्द्र बैठाको उपचारका क्रममा गौरमा मृत्यु भएको छ।

नेप्से परिसूचक २८ अंकले बढ्यो, साढे ६ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ को बिन्दुमा कायम भएको छ।

वीरगन्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको बयान प्रक्रिया सम्पन्न गरेसँगै उनीमाथि लगाइएको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने प्रतिबन्ध फुकुवा गरेको छ।

भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा १३ करोड ३५ लाख संकलन

भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि कोष स्थापना भएको थियो।

सकसपूर्ण यात्राः कहिले हट्छ दाउन्नेको दुःख?

वर्षामा कहिले पहिरो झरेर त, कहिले झरीले हिलाम्मे भएर अवरुद्ध हुने दाउन्नेस्थित निर्माणाधीन सडकमा गत हप्ता शीतकै कारण १५ घण्टासम्म जाम भयो। यो सडक विस्तारमा किन भइरहेछ ढिलाइ?

तोलामा ४ हजार ६०० ले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।