AnonymousUser

Logout

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीले संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिएर बेपत्ता भएका दम्पतीको शव फेला

पर्वतको मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

बाढीपहिरोबाट देशभर ११ राजमार्ग पूर्ण अवरुद्ध

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

बुटवल–नारायणगढ दाउन्ने सडकः १ वर्षमा ६३ पटक बन्द

वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटान तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका छन्।

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

एमाले पोलिटब्युरो बैठकबाट पारित भयो विधान संशोधन प्रस्ताव

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय राजनीतिमा फर्कने विषयमा छलफल भए पनि ठोस निष्कर्षमा नपुगिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

बाढीको जोखिम: जलविद्युत् आयोजनालाई सतर्क रहन इप्पानको आग्रह

मौसम विज्ञान विभागले शनिबार साँझदेखि आइतबार बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ। पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कनकाईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ।

तिब्बतमा ‘मेगा ड्याम’ निर्माण शुरू, भारत र बांग्लादेशमा चिन्ता

मध्य चीनको थ्री गर्जेज बाँधभन्दा ठूलो अनुमान गरिएको यो बाँधमा पाँच जलविद्युत केन्द्र निर्माण हुनेछन्। यसको कुल लागत करिब १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।

मोरङमा जंगली हात्तीको आक्रमणबाट १ वर्षमा ५ जनाको मृत्यु

आर्थिक वर्ष २०८१/८२ मा मोरङमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।

भुटानमाथि नेपालको सानदार जित

बांग्लादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

गाजामा खाद्य संकट गहिरिँदै, राष्ट्रसंघको गम्भीर चिन्ता

संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ।

तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

तनहुँमा सञ्चालित चैतेधान प्रवर्द्धन आयोजनाले एक वर्षमा पाँच हजार रोपनी क्षेत्रफलबाट एक हजार १७७ मेट्रिक टन चैतेधान उत्पादन गरेको छ।

सिरिया–इजरायलबीच युद्धविराम भएको अमेरिकाको घोषणा

सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीचको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ।

कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहटमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयको जिकिर- ‘आलमलाई सफाइ दिने फैसला मनोगत तर्कमा आधारित’

आलमलाई सफाइ दिने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गरेसँगै यो मुद्दाको अन्तिम छिनोफानो सर्वोच्च अदालतबाट हुने भएको छ।

मेची भन्सारबाट करिब १६ अर्ब राजस्व संकलन

मेची भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ६९ करोड ५९ लाख ६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको जनाएको छ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणका लागि भारत जाने

आईसीसी टी२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षण शिविरका लागि नेपाली टोली भारत जाने भएको छ।