सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
किसानको बगैँचामै प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएको तिला गाउँपालिका–१ स्थानीय स्याउ व्यापारी रावतले जानकारी दिए।
आइतबार नेप्से परिसूचक ७८.८३ अंक अर्थात् ३.०५ प्रतिशतले घटेर २५०३.३५ को विन्दुमा पुगेर रोकिएको छ।
आज सुन तोलामा तीन हजारले बढेर दुई लाख ३८ हजार रुपैयाँ कायम भएको छ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेका छन्।
अख्तियारले प्रश्न उठाएपछि अर्थ मन्त्रालयले सेबोनबाट सञ्चालित कर्मचारी कल्याण कोष र सुरक्षण कोष खारेज गर्ने र विगतमा भुक्तानी भएको रकम पनि सरकारी बाँकीसरह असुल गर्नुपर्ने निर्णय गरेको थियो।
फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन्। यसबाट स्वदेशी उत्पादनको प्रवर्द्धन हुने महानगरको विश्वास छ।
बिहीबार २ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।
ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ। तर बर्खामा सञ्चालन हुन सकेको छैन।
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा कायम भएको छ।
आज १३ वटै उपसमूह घटेका छन्, जसमा सबैभन्दा धेरै वित्त ३.०९ प्रतिशत र होटल–पर्यटन ३.०३ प्रतिशतले घटेका छन्।
नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ।
आइतबार नेप्से परिसूचक ५८.५५ अंक अर्थात् २.१९ प्रतिशतले घटेर २६०४.९६ को विन्दुमा कायम भएको छ।
सोमबार २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल बढेर २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।
चुचुरोको काखमै रहेको साल्पा पोखरीले धार्मिक दृष्टिले विशेष महत्त्व राख्छ। भक्तजनहरूले मनोकामना पूरा हुने विश्वासका साथ यहाँ पूजाआजा गर्ने गरेका छन्।
रामधुनी नगरपालिका–८ स्थित झुम्का अर्ग्यानिक कृषि फार्ममा ३०० भन्दा बढी सुँगुर थिए। शनिबार रातिको बाढीले करिब २०० सुँगुर बगाएको छ।
इप्पानले संकलन गरेको प्रारम्भिक विवरणअनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीबाट प्रभावित भएका छन्।
सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।
जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलमा आन्तरिकतर्फ यात्रुको चाप बढेको छ।