मुलुकको वैदेशिक व्यापारमा आयातको हिस्सा उच्च रहँदा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालले झन्डै ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।
काठमाडौँ— चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा बेहोरेको हो। पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२.५४ र निर्यात २९.८३ प्रतिशतले बढेको छ।
गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ छ। यस अवधिसम्ममा भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
त्यस्तै, छिमेकी मुलुक चीनसँग २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात हुँदा २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको विभागले जनाएको छ। नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन्।
नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन्। पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख रुपैयाँ, नर्वेसँग ३ करोड ३३ लाख रुपैयाँ र आइसल्याण्डसँग २ करोड ५७ लाख रुपैयाँ बराबर व्यापार नाफा देखिएको छ।
यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। विभागका अनुसार पछिल्लो आठ महिनामा ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ।
त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाख रुपैयाँको फलामजन्य वस्तु, २३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँको सुन र १८ अर्ब ४४ करोड ७८ लाख रुपैयाँको चाँदी आयात भएको छ।
नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ। पछिल्लो आठ महिनामा ७५ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ।
त्यस्तै, ९ अर्ब ४९ करोड ६१ लाख रुपैयाँको अलैँची, ६ अर्ब ५३ करोड ९६ लाख रुपैयाँको कार्पेट, ६ अर्ब २० करोड २३ लाख रुपैयाँको सूर्यमुखी तेल र ४ अर्ब ३२ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
