५ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।