वीरगन्ज भन्सारबाट एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

वीरगन्ज भन्सारबाट एक खर्ब ५४ करोड राजस्व सङ्कलन
फाइल तस्वीर

काठमाडौँ- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब ५४ अर्ब ८४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले चालु आवको सात महिनामा एक खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ३६ करोड रुपैयाँ बढीको राजस्व सङ्कलन भएको बताए।

चालु आवको साउनमा  १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गर्‍यो। भदौमा २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

त्यसैगरी, मङ्सिरमा २० अर्ब ८० करोड, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुन १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।-रासस