२४ अंकले घट्यो शेयरबजार

आज नेप्से परिसूचक २४ .४५ अंकले घटेर दुई हजार ९३५ .९४ को विन्दुमा कायम भएको हो।

काठमाडौँ– गत ३ कारोबार दिन बढेको शेयरबजार परिसूचक नेप्से बुधबार चौथो कारोबार दिन भने दोहोरो अंकले घटेको छ। आज नेप्से २४ .४५ अंकले घटेर दुई हजार ९३५ .९४ को विन्दुमा कायम भएको हो।

आज ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक खरिदबिक्री हुँदा १५ अर्ब नौ करोड चार लाख १६ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह ०.४८ र व्यापार समूह ३ .४५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ १ .४०, विकास बैंक २ .३२, वित्त २ .०९, होटल तथा पर्यटन ० .०५, जलविद्युत् ० .१६,लगानी ० .५३ र जीवन बिमा समूह १ .३९ प्रतिशतले घटेको छ। त्यस्तै, लघुवित्त १ .६४, म्युचुअल फन्ड ० .३४, निर्जीवन बीमा १ .१५ र अन्य समूह १ .७० प्रतिशतले घटेको छ।

रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७ .७४ प्रतिशतले घटेको छ।