नेप्से परिसूचक ५४.५१ अंकले बढ्दै २९३१.५५ को विन्दुमा पुग्दा २३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
काठमाडौँ— धितोपत्र बजारमा साताको पहिलो कारोबार दिन आइतबार उछाल देखिएको छ। पछिल्ला केही दिनदेखि लगातार बढिरहेको नेप्से परिसूचकले आइतबार पनि सोही लयलाई पछ्याउँदै करिब ७ महिनायताकै उच्च विन्दुमा पुगेको हो।
आइतबार नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१.५५ को विन्दुमा पुगेर बन्द भएको छ। यसअघि गत साउन १४ गते नेप्से २९५४.१४ को विन्दुमा पुगेको थियो, जसलाई पछ्याउँदै आज बजारले नयाँ उचाइ तय गरेको हो। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ११.११ अंकले बढेको छ।
बजारमा परिसूचक मात्र नभई कारोबार रकमले पनि नयाँ उत्साह थपेको छ। आइतबार ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता शेयर दुई लाख ४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा कुल २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम पनि गत साउन ११ गते (२६ अर्ब ५७ करोड) पछिकै उच्च हो।
आजको बजारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनले १० प्रतिशतको हाराहारीमा मूल्य वृद्धि गरेका छन्।
यस्तै विजय लघुवित्त र एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्। कारोबारका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रह्यो। यस बैंकको ८५ करोड ९६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यस्तै नेशनल हाइड्रोपावर र शिवम् सिमेन्ट्स पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
आज कारोबार भएका १३ उपसमूहमध्ये १२ वटामा हरियाली छाएको छ भने व्यापार उपसमूह मात्र घटेको छ। लघुवित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै ४.२१ प्रतिशत नाफा कमाएका छन्। होटल तथा पर्यटन, बैंकिङ, विकास बैंक र बीमा लगायतका उपसमूहहरूमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
