मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० को बिन्दुमा पुगेको छ।
काठमाडौँ– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ। आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० को बिन्दुमा पुगेको छ।
आज ३४१ कम्पनीको तीन करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर एक लाख २६ हजार ९४७ पटक खरिद–बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बैंकिङ ०.६७, विकास बैंक १.३८, वित्त ०.५१, जलविद्युत् १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन ०.८६, म्युचुअल फन्ड ०.२५ र व्यापार समूह ९.१२ प्रतिशतले बढेका छन्। यता निर्जीवन बीमा ०.३८, जीवन बीमा ०.३७, लघुवित्त ०.४६ र अन्य समूह भने घटेका छन्।
सल्पा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देखिएको छ, जसको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रादी विद्युत् कम्पनी लिमिटेडको ६७ करोड ४३ लाख ८४ हजार ३४१ रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ।
कारोबार भएको सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रमोटर सेयर २० लाख २७ हजार ९९२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
