प्रहरी हिरासतबाट फरार भएका व्यक्तिको नेतृत्वमा जेन–जी आन्दोलनपछि संगठित भएको १० जनाको लुटपाट गिरोहलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ।
काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले सडकमा हिँड्ने यात्रुहरूलाई रातिको समयमा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। जेन–जी आन्दोलनका क्रममा सिर्जित परिस्थितिको फाइदा उठाउँदै हिरासतबाट फरार भएका व्यक्तिको नेतृत्वमा यो समूह सक्रिय रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रहरीका अनुसार यो समूहका मुख्य योजनाकार विनय तामाङ हुन्। तामाङ गत भदौ २४ गतेभन्दा अगाडि बुढानीलकण्ठ क्षेत्रमा भएको चोरी–डाका मुद्दामा पक्राउ परी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। आन्दोलनको समयमा हिरासतबाट फरार भएका उनले अन्य व्यक्तिहरूलाई संगठित गरी लुटपाटको नयाँ गिरोह निर्माण गरेका थिए।
यो गिरोहले अहिलेसम्म उपत्यकाका विभिन्न स्थानमा २९ वटा लुटपाटका घटना गराएको पुष्टि भएको छ। जसमा स्वयम्भूमा ७, ठिमीमा १३ तथा बुढानीलकण्ठ, बौद्ध र गौशालामा ३–३ वटा घटना भएका छन्। हालसम्म २७ वटा जाहेरी परेकोमा ४ वटा दर्ता भई अनुसन्धान अगाडि बढिसकेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार यो समूहले बौद्ध क्षेत्रलाई आधार बनाएर लुटपाटका योजना बनाउने गरेको थियो। “भागेका कैदी र थुनुवा पक्राउ गर्ने अभियानकै क्रममा यो गिरोहलाई नियन्त्रणमा लिन सफल भइएको हो,” उनले भने।
यो समूहले दिउँसोको समयमा ट्याक्सी तथा निजी सवारीसाधन चलाएर सडक र घरहरूको रेकी (अनुगमन) गर्ने गरेको पाइएको छ। समूहका मुख्य व्यक्ति आयन माझीले दिउँसो निजी गाडी चलाउँदै लुटपाटका लागि उपयुक्त स्थानको पहिचान गर्ने र पेमा तामाङले दिउँसो ट्याक्सी चलाएर सूचना संकलन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
राति १२ बजेपछि सक्रिय हुने यो समूह एउटा मोटरसाइकलमा तीन जनाका दरले सवार भई निस्कने गर्दथ्यो। मोटरसाइकलको नम्बर नदेखियोस् भन्नका लागि उनीहरूले नम्बर प्लेटमा हिलो छ्यापेर हिँड्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले विशेष गरी राति मदिरा सेवन गरी हिँड्ने व्यक्ति र बिहानपख 'मर्निङ वाक' मा निस्कने वृद्धवृद्धा तथा यात्रुलाई लक्षित गरी सुनका सिक्री र औँठी लुट्ने गरेका थिए।
पक्राउ गर्ने क्रममा मुख्य योजनाकार विनय तामाङले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो। प्रहरीले मनिष रसाइली (चोरेको गरगहना गाल्ने), सविन माझी (बाइक चालक), राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र सचिन माझीलाई पक्राउ गरेको छ। यीमध्ये अधिकांश व्यक्ति विगतमा पनि चोरी तथा डाका मुद्दामा संलग्न भई कारबाही भोगिसकेका हुन्। प्रहरीले यो समूहबाट ६ वटा मोटरसाइकल र दुईवटा कारसमेत बरामद गरेको छ। प्रहरीले यो समूहसँग जोडिएका अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
