AnonymousUser

Logout

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न सांसदलाई २ दिनको समय

‘विद्यालय शिक्षा विधेयक, २०८०’ सम्बन्धी उपसमितिले तयार पारी समितिमा पेश गरेको प्रतिवेदन अध्ययनका लागि सांसदहरूलाई दुई दिनको समय दिइएको छ।

सौर्य जहाज दुर्घटनाको न्यायिक जाँच गर्न गृहमन्त्री लेखकको ध्यानाकर्षण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते दुर्घटनामा परेको सौर्य जहाजका पीडित परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटेर घटनाको न्यायिक जाँच गर्न माग गरेका छन्।

राहुघाट पहिरो : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँधमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।

१८ वर्षअघिको गौर हत्याकाण्ड: सर्वोच्चको परमादेशसँगै कसरी अघि बढ्छ अनुसन्धान?

रौतहटको गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले १८ वर्षपछि परमादेश जारी गरेसँगै घटनामा नाम जोडिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लजिक र कन्सल्ट्यान्ट टीसीएमलाई विज्ञापन बोर्डको कारबाही

बोर्डले दुवै कम्पनीलाई १०/१० हजार रुपैयाँ जरिबाना र तीन महिनासम्म विज्ञापन तथा सूचना दिन/लिन, साथै सूचना प्रकाशन तथा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाएको छ।

चौधरी ग्रुपले गरिरहेको दोहन रोक्न खोज्दा महानिर्देशकको सरुवा

कानून मिचेर खानी दोहन गर्ने चौधरी ग्रुपको लगानी रहेका दुई सिमेन्ट उद्योगमाथि ‘एक्सन’ लिँदा खानी तथा भू–गर्भ विभागकी महानिर्देशक मोनिका झालाई तीन महिनामै सरुवा गरिएको छ।

वैकल्पिक विकास वित्त विधेयकमाथिको छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले 'वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२'मा उल्लेखित निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका सबै बुँदामा सहमति जुटाएको छ।

डा. रामेशको ‘पलायन’मा बहकिएका मिडिया

एकथरीले डा. रामेशलाई नियुक्त नगर्ने सरकारको आलोचना गरे, परराष्ट्रमन्त्री श्रीमती देउवालाई गाली गरे, छिःछिः दूरदूर नै गरे। अनि, मन नपराउनेहरू रमाए, खुच्चिङ त काखीले मात्रै नपुगेर घुँडा मर्काएर गरे।

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन विपक्षीका नाममा परमादेश जारी गरेको छ।

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका २ मजदुरको मृत्यु, ५ घाइते

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ मा पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

नेप्से परिसूचक सोमबार ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा कायम भएको छ।

मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

मधेश प्रदेश सरकारले विगत सात वर्षदेखि सञ्चालन गर्दै आएको 'बेटी पढाऊ बेटी बचाऊ' योजनाअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम स्थगित गरेको छ।

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एक घर मात्र छ। चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नाति नातिनीसँग बस्दै आएका छन्।

गाजा युद्ध: इजरायलमा चुलिँदै गएको निराशा देशव्यापी विरोध प्रदर्शनमा परिणत

गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा विशाल प्रदर्शन भएको छ। यो प्रदर्शनमा लाखौँ मानिस सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्।

संगीतकार तथा कवि नन्दनको निधन

विसं २०११ मा ‘झटारो’ गितीसंग्रह प्रकाशन गरेर नेपाली गीत संगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अन्य काव्यमा कलम चलाएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणलाई प्रहरी हिरासतमा २४ घण्टासम्म थियो मोबाइल चलाउने ‘सुविधा’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ परेपछि प्रहरी हिरासतमा २४ घण्टासम्म मोबाइल फोन प्रयोग गरिरहेका थिए।

टप एन्ड टी २० सिरिजमा नेपालको लगातार तेस्रो हार

सोमबार भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको हो।

हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमाथि पलाएको झार (तस्वीरहरू)

विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ।

ट्रम्पलाई भेट्न जेलेन्स्कीसहित युरोपेली नेताहरू अमेरिका जाँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपेली नेताहरू सोमबार अमेरिका जाँदैछन्।

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलको विजयी शुरूआत

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराउँदै विजयी शुरूआत गरेको छ।