राष्ट्रपति रामचन्द्र पौडेल र जापानी प्रधानमन्त्री तकाइची सानाइबीच टोकियोमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने र फागुन २१ को निर्वाचनमा जापानले पर्यवेक्षक पठाउने विषयमा छलफल भएको छ।
मृतकका परिवारलाई जनही करिब साढे २७ लाख रूपैयाँ दिएर बाँकी क्षतिपूर्तिको दायित्वबाट पन्छिन खोजेको यूएस–बांग्ला एअरलाइन्सले अदालतको फैसलापछि ४२ करोड रूपैयाँभन्दा बढी तिर्नुपर्ने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा प्रादेशिक अस्पतालको ३८ लाख ७७ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने, नयाँ संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदको सालिक राख्न गुरुयोजना संशोधन गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र संगठनको अवस्था बुझ्न सातै प्रदेशमा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ।
काठमाडौँमा हरेक दिन गुड्नेमध्ये ६० प्रतिशत सार्वजनिक सवारी साधन टुँडिखेल वरिपरि हुँदै गन्तव्यमा पुग्छन्, तर त्यही क्षेत्रमा धेरै ट्राफिक जाम हुँदा सर्वसाधारणले हैरानी बेहोर्नुपर्छ।
कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलंगा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा परेका २१ जनासहित ७६ उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै उनीहरूको नाम हटाएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दलले पेश गरेको समानुपातिकतर्फका ७६ जना उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको छ।
नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यासको अभाव टार्न फेब्रुअरी महिनाका लागि थप दुई हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाले सामाजिक सञ्जालको प्रयोग गरी निर्वाचनको गोपनीयता भंग हुने गरी मतदातालाई प्रश्न सोध्ने अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ।
अख्तियारले महोत्तरीको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मालपोत कार्यालय जलेश्वरका कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै शनिबारसम्म २१ जनासँग स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार थप नौ जनासँग जवाफ मागेको छ।
राष्ट्रियसभाको बैठकमा सांसदहरूले स्वास्थ्य बीमाको प्रभावकारिता, विकास आयोजनामा देखिएको अन्योलबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
अख्तियारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका अधिकृतसहित तीन कर्मचारीलाई सेवाग्राहीसँग लिएको घुस रकम र २३ थान मोबाइलसहित डिल्लीबजारबाट पक्राउ गरेको छ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा १५.७ प्रतिशतले वृद्धि भई कुल संख्या ९२ हजार ५७३ पुगेको छ।
ताप्लेजुङको मुकुम्मलुङमा प्रस्तावित केवलकार परियोजनाले मुन्धुमी र प्राकृतिक पहिचान नष्ट हुने भन्दै स्थानीय र युवा अभियन्ताले धागो टाँगेर विरोध प्रदर्शन गरेका छन्।
पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय भएसँगै मंगलबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सर्वोच्च अदालतले संविधानको धारा ४२ मा व्यवस्था गरिएको सामाजिक न्यायको हकलाई तीनै तहका सरकारले पूर्ण रूपमा कार्यान्वयन र व्यवहारमा रूपान्तरण गर्नुपर्ने भन्दै निर्देशनात्मक आदेश जारी गरेको छ।