गृहमन्त्री रमेश लेखकले धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न भएका छन्।
सुनसरीको इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी पाटनको भेडीगोठमा भेटिएका छन्।
पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्।
महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकैको सडकमा निरन्तर अवरोध हुँदै आएको छ।
वर्षायाम शुरू भएपछि पहिरोको डरले जाग्रम बस्नुपरेको धरान–३ का स्थानीयको भनाइ छ। पर्खाल निर्माण गरेर पहिरो रोकथामको प्रयास गर्ने उपमहानगरले जनाएको छ।
डहरे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्।
गत वर्षको असोजमा गएको बाढीले जिल्लाका विभिन्न स्थानमा खानेपानी संरचना भत्काएको थियो। ती संरचना अस्थायी रूपमा टालटुल गरिए पनि समस्या भएको छैन।
ब्युरोले पक्राउ गरेका एक व्यक्ति पहिले भारतमा गएर आफै मिर्गौला बेचेका व्यक्ति हुन्। पछि उनी यही गिरोहमा रहेर काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी मजदुरी गर्न गएका जाजरकोटको कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएका छन्।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलालाई नागरिकता जारी गर्ने निकायले नजिरका रूपमा नमान्दा कार्यान्वयनमा समस्या आएको पाइएको छ।
मिर्गौला दिन इन्कार गरेपछि गिरोहले सबै खर्च तिर्नुपर्ने भन्दै धम्की दिए साउन ९ गते चण्डीगढको एक क्लिनिकमा पीडितको बायाँ मिर्गौला निकालेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशसभाको बिहीबारको बैठकबाट गैरसरकारी विधेयकका रूपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ।
निजामतीमा ‘कुलिङ अफ पिरियड’को विषय पेचिलो बन्नुको चुरो अवकाशलगत्तै आकर्षक पारिश्रमिक र सुविधासहित पाउने नियुक्ति मात्र होइन, त्यहीकारण ह्वात्तै बढ्ने निवृत्तिभरणको रकमसँग पनि जोडिएको छ।
काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भाषा आयोग सदस्यमा प्राडा. कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय हुँदा अर्कै कृष्णप्रसाद न्यौपानेले नियुक्ति पाएको विषयमा अख्तियारले संस्कृति मन्त्रालयसँग जवाफ मागेको छ।
विगत पाँच वर्षदेखि कार्यविधि नल्याउँदा वन व्यवस्थापन, जीविकोपार्जन, सामाजिक सेवा र संस्था सञ्चालनमा समस्या आइरहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए।