इरानमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन र इरान भ्रमणको योजना बनाएकाहरूलाई यात्रा स्थगित गर्न निर्देशन दिएको छ।
रमेशप्रसाद दवाडीको अध्यक्षतामा ‘आइकम नेपाल’को नयाँ कार्यसमिति चयन भएको छ।
उदयपुर सिमेन्ट उद्योगको ३८ हजार मेट्रिक टनभन्दा बढी क्लिंकर हिनामिना गरी साढे ४६ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्वमहाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आइतबार नेप्से परिसूचक १९.८५ अंकले घटेर २,६९४.२० को बिन्दुमा कायम भएको छ भने ९ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सम्झौता अवधि सकिँदा ३७ प्रतिशत मात्र भौतिक प्रगति भएपछि नागढुंगा–मलेखु सडक विस्तार आयोजनाको म्याद ६ महिना थप गरिएको छ।
सिन्धुली प्रहरीले भिमान चेकपोस्टमा नियमित जाँचका क्रममा ठूलो परिमाणमा अवैध लागुऔषध बरामद गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको छ।
निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेको नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ।
झापाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा चुनावी गतिविधि देखिन सकेको छैन।
प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिममा कांग्रेस र एमालेले एक जना पनि महिलालाई उम्मेदवार नबनाई पुरुषलाई मात्र चुनावी मैदानमा उतारेका छन् भने अरू दलबाट पनि महिला उम्मेदवारको संख्या न्यून देखिएको छ।
मुकुम्मलुङ संरक्षण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ६५ जनालाई संघर्ष समितिले सम्मान गर्दै केबलकार निर्माणको निर्णय सच्याउन सरकारसँग माग गरेको छ।
भारी हिमपातका कारण अवरुद्ध मुस्ताङको कागबेनी–कोरला सडक खण्डअन्तर्गत शनिबारसम्म लोमान्थाङसम्मको बाटो सञ्चालनमा ल्याइएको छ भने कोरला नाकातर्फको हिउँ पन्छाउने काम जारी रहेको छ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोगले आचारसंहिता विपरीत मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति दिने ३०२ वटा सामग्रीमाथि कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ।
कोरोना महामारीपछि करिब ६ वर्षदेखि बन्द रहेको जमुनाह नाका तेस्रो मुलुकका नागरिकका लागि पुनः सञ्चालनमा आएसँगै बाँके र बर्दियाको पर्यटन एवं आर्थिक क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ।
बाँदरको आतङ्कका कारण खेतीपाती नै छाड्नुपर्ने अवस्था आएपछि रामेछापको चिसापानीमा नियन्त्रण समिति गठन गरी बाँदर समात्नेलाई नगद पुरस्कारको घोषणा गरिएको छ।
आयोजनाअन्तर्गत महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन्।
पश्चिमी न्यून चापीय प्रणाली बाहिरिएसँगै मौसममा सुधार आए पनि बिहान र बेलुका चिसो कायम रहने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।
तनहुँको शुक्लागण्डकीमा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र यौन श्रमिकलाई मतदानको अधिकार प्रयोग गर्न कानूनी तथा व्यावहारिक जटिलता देखिएको भन्दै सरोकारवालाले जो जहाँ छ त्यहीँबाट मत हाल्न पाउने सहज व्यवस्था गर्न माग गरेका छन्।
काठमाडौँको सुकेधारा, गोकर्णेश्वर र बबरमहलमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आफ्नै खेतमा काम गरिरहेका एक युवकको अज्ञात समूहले गोली हानी हत्या गरेको छ।