पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय भएसँगै मंगलबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– पश्चिमी न्यून चापीय प्रणाली पुनः बलियो भएसँगै देशभरको मौसममा बदली हुने भएको छ। गत मंगलबार र बुधबारको वर्षा तथा हिमपातपछि खुलेको मौसम एक हप्ता नबित्दै पुनः सक्रिय हुन लागेको हो।
आइतबारदेखि नै सुदूरपश्चिम क्षेत्रमा यसको सामान्य प्रभाव देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रणाली सोमबार पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा फैलिने र मंगलबार मध्य नेपालसम्म पुग्नेछ। यसका कारण ती क्षेत्रमा पूर्ण बदली हुनेछ भने अन्य भागमा आंशिक बदली भई चिसो बढ्नेछ।
अघिल्लो साताको तुलनामा यो प्रणाली केही कमजोर भए पनि पश्चिम नेपालमा भने यसले मध्यम वर्षा र हिमपात गराउनेछ। मौसमविद् अधिकारीले भने, “प्रणालीले मध्य नेपालभन्दा पश्चिममा बढी असर गर्ने देखिन्छ। आज कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा बदली सुरु भएको छ, जुन मंगलबारसम्म थप बढ्ने र वर्षा तथा हिमपातमा परिणत हुनेछ।”
महाशाखाका अनुसार यस पटक उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी भू–भागमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। कोशी र बागमतीको माथिल्लो भेगमा सामान्य असर पर्न सक्ने भए पनि तल्लो तराई र मधेश प्रदेशमा भने यसको प्रभाव न्यून रहनेछ। काठमाडौँमा भने मंगलबार राति छिटपुट वर्षाको सम्भावना छ।
सोमबार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने र हिमाली भू–भागमा बादल लाग्ने महाशाखाले जनाएको छ। सोमबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्छ।
मंगलबार दिउँसो देशभरको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
