AnonymousUser

Logout

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

बालेन शाहको घरमा चोरी गर्ने नख्खु कारागारबाट फरार कैदीसहित ३ जना पक्राउ

रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरमा चोरीको आरोपमा नख्खु कारागारबाट फरार कैदीसहित तीन जनालाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको छ।

प्रतिनिधिसभा निर्वाचन: केन्द्रबाट नौ र जिल्लाबाट ३७ प्रकारका सामग्री व्यवस्थापन गरिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका मुख्य सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका सहायक सामग्री जिल्ला तहमै व्यवस्थापन गर्ने गरी तयारी थालेको छ।

वंशिलाघाटमा बेलिब्रिज: छोटियो तराई झर्ने दूरी

लामो समयदेखि झोलुंगे पुलमार्फत आवतजावत गर्दै आएका खोटाङ र भोजपुरका दक्षिणी क्षेत्रका स्थानीयको दैनिकी सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि सहज बन्नेछ।

प्राधिकरणले कर्मचारीलाई भन्यो– सामाजिक सञ्जाल प्रयोग गर्दा मर्यादाको ख्याल गर्नू

अनावश्यक पोस्ट राखेमा वा प्रतिक्रिया दिएमा त्यस्ता कर्मचारीको विवरण संकलन गरी विनियममा भएको व्यवस्था बमोजिम विभागीय कारबाहीसमेत हुने जनाइएको छ।

इलामको नयाँबजार केन्द्रविन्दु भएर भूकम्प

इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार केन्द्रविन्दु भएर शनिबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ।

निर्वाचनमा ड्रोन प्रयोग गर्न रोक

सरकारले प्रतिनिधिसभा निर्वाचनमा ड्रोन प्रयोगमा रोक लगाउनुका साथै सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या र भ्रमपूर्ण सूचनाको निगरानीका लागि नेपाल प्रहरीको अत्याधुनिक युनिट परिचालन गरेको छ।

म्याग्दीमा महावीरको ‘इन्ट्री’ले खलबलिएको चुनावी गणित

राजनीतिमा महावीर पुनको अप्रत्याशित ‘इन्ट्री’ले म्याग्दीको परम्परागत चुनावी समीकरणलाई मात्र खलबल्याएको छैन, वर्षौंदेखि दलीय आधारमा बाँडिएका मतदातालाई समेत दोधारमा पारिदिएको छ।

विकास, रोजगारी र सुशासनप्रतिको जनअपेक्षा पूरा गर्ने उम्मेदवारको खोजीमा नवलपरासीपूर्व–१ का मतदाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ मा फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरू घरदैलोमा व्यस्त रहँदा मतदाताले भने विकास, सुशासन र रोजगारीलाई आफ्नो मुख्य शर्त बनाएका छन्।

रहेनन् अभिनेता सुनिल थापा

चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए।

थामिएला बेनी–जोमसोम सडकको पहिरो?

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पहिरो र कटानका कारण यहाँ नियमित यातायात सञ्चालनमा समस्या हुने गरेको छ।

निर्वाचनको ४८ घण्टाअगावै सीमा नाका बन्द गरिने

सशस्त्र प्रहरी बल र भारतीय एसएसबीबीचको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै ४८ घण्टाअगावै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३४ पक्षलाई स्पष्टीकरण सोधेकोमा २४ को जवाफ प्राप्त भएको जनाएको छ।

प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिँदै ३२ जिल्लाको प्याकिङ कार्यसमेत सकिएको जनाएको छ।

निर्वाचन सुरक्षाका लागि ‘हाई अलर्ट’मा रहन गृहमन्त्रीको निर्देशन, ड्रोन प्रयोगमा प्रतिबन्ध

केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को समीक्षा गर्दै नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

भ्रष्टाचार मुद्दामा निलम्बित क्यान महानिर्देशक अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेश सदर गरेको छ।

वीरगन्जमा पार्किङको विषयलाई लिएर कुटपिट हुँदा एक जनाको मृत्यु

वीरगन्जमा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको कुटपिटमा परी एक जनाको मृत्यु भएको छ भने संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विधि विज्ञान प्रयोगशाला विधेयक पारित, सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत

राष्ट्रियसभाले विधि विज्ञान प्रयोगशाला विधेयक पारित गर्नुका साथै सामाजिक सञ्जाल विधेयक फिर्ता लिने प्रक्रिया अघि बढाएको छ भने अध्यक्ष दाहालले निकुञ्जसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा रुपन्देही-३ का उम्मेदवार निष्कासित

प्रगतिशील लोकतान्त्रिक पार्टीले रुपन्देही–३ का उम्मेदवार गोविन्द काराखेतीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

फरार कैदी र लुटिएका हातहतियार फिर्ता नहुँदा निर्वाचनको सुरक्षामा सांसदको आशंका

कारागारबाट फरार कैदी र लुटिएका हतियार अझै नियन्त्रणमा नआउँदा आगामी निर्वाचन भयरहित हुनेमा राष्ट्रियसभा सदस्यहरूले आशंका व्यक्त गरेका छन्।