AnonymousUser

Logout

‘सरकारले ५ महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छ’

जेनजी आन्दोलनका शहीद परिवारलाई माग पूरा गर्नुको सट्टा सरकारले पाँच महिनादेखि यताउता कुदाइरहेको भन्दै पीडितहरूले प्रधानमन्त्री कार्यालयअगाडि धर्ना दिएका छन्।

सम्झनामा ट्रलीबसः अझै छ सञ्चालनको सम्भावना?

५० वर्षअघि सञ्चालनमा आएको ट्रलीबस ३५ वर्षसम्म सेवा दिएर बन्द भयो। अबको पुस्ताले जीर्ण भएर राखिएका ट्रलीबस र ठाउँठाउँ रहेका अवशेष मात्र देख्न सक्छन्। के अझै सञ्चालनको सम्भावना छ?

चिसोमा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन अदै बताउँछन्।

३३ किलो सुन काण्ड: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

नेपाल प्रहरीले ३३ किलो सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी थप एक जनालाई पक्राउ गरेको छ।

ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बाघको आक्रमणबाट १ सातामा ३ जनाको मृत्यु

बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतंक फैलाउन थालेपछि डिभिजन वन कार्यालयले त्यसलाई मार्न वा नियन्त्रणमा लिन आदेश जारी गरेको छ।

सडकले बदलिएका मुस्ताङ र मुस्ताङी

मुस्ताङमा गाडी पसेको दुई दशक भयो, अहिले उत्तरी नाका कोरलासम्मै सवारीसाधनमा जान सकिन्छ। गाडी पुगेसँगै मुस्ताङीको भान्सामा पाक्ने परिकार र लगाउने पोसाक मात्र होइन, पेसा पनि फेरिँदैछ।

सुनसरीमा ट्रक पल्टिँदा ५ मजदुरको मृत्यु, ३ घाइते

ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना पछाडि पाँच जना रहेका थिए। पछाडि बसेका पाँचै जनाको मृत्यु भएको हो।

कांग्रेस विशेष महाधिवेशन: गगन थापा सभापतिमा चयन

काठमाडौँमा बुधबार साँझ सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा निर्वाचित गरेको छ।

अन्ततः सग्लाे रहेन नेपाली कांग्रेस

संस्थापन पक्षले कारबाही गरेपछि विशेष महाधिवेशन पक्षले महाधिवेशनको बन्दसत्रबाट गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ कार्यसमितिको घोषणा गर्ने तयारी गरेको छ।

गगन र विश्वप्रकाशलाई ५ वर्षका लागि कारबाही गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय

भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकै बेला कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन र विश्वप्रकाशसहितका नेताहरूलाई ५ वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ।

कांग्रेस विशेष महाधिवेशन: निर्वाचन तालिका पुनः संशोधन, ८ बजेदेखि मतदान

कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत संशोधित निर्वाचन तालिकाअनुसार मतदानको समय बुधबार राति ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

पोखरिया नगरपालिकाः संगठित बेथितिको अड्डा बनेको स्थानीय सरकार

सयौँ कर्मचारीको अवैध नियुक्तिका लागि घुसको खुला लेनदेन, कर्मचारीहरूको शंकास्पद बैंक कारोबार र आधारभूत सेवाको दयनीय अवस्थाले पर्साको पोखरिया नगरपालिका, स्थानीय सरकारको विकृत उदाहरण बन्न पुगेको छ।

५७ हजार अमेरिकी डलरसहित १ जना पक्राउ

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

फिडरको भार मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो।

पश्चिमी वायुको आंशिक प्रभाव, केही भागमा बादल लाग्ने

कोशी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

कल बाइपास गरेको आरोपमा ७ चिनियाँ नागरिक पक्राउ

सीआईबीले काठमाडौँको ज्याठाबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ नागरिकलाई उपकरणसहित पक्राउ गरेको छ।

हिल्सास्थित यारी भन्सार ३ महिनाका लागि बन्द

हुम्लाको उत्तरी सीमा हिल्सास्थित यारी नाका भन्सार कार्यालय अत्यधिक चिसोका कारण तीन महिनाका लागि बन्द गरिएको छ।

कांग्रेस कार्यसमिति बैठक बुधबारलाई सर्‍यो

मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहानसम्मका लागि सारिएको छ।

कांग्रेस विशेष महाधिवेशन: महामन्त्रीद्वयले पेश गरेका दुवै प्रस्ताव पारित

कांग्रेस महामन्त्री गगन थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव र विश्वप्रकाश शर्माले राखेको सांगठनिक प्रस्तावलाई मंगलबारको बन्दसत्रले सर्वसम्मत रूपमा पारित गरेको छ।