AnonymousUser

Logout

के छ नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन प्रतिबद्धता पत्रमा?

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, सेवा प्रवाहमा सुधार तथा सुशासन र पारदर्शितामार्फत आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ।

प्रहरी हवल्दारको हत्या अभियोगमा ३ जना पक्राउ, बार सञ्चालकसहित ४ फरार

दार्चुलाको बांगाबगडमा कार्यरत प्रहरी हवल्दार योगेन्द्रबहादुर घर्तीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने बार सञ्चालकसहित चार जना अझै फरार रहेका छन्।

रामेछाप बस दुर्घटना: मृतकको संख्या १२ पुग्यो, १० को सनाखत

दुर्घटनामा चालकसहित घाइते भएका ८ जनाको खुर्कोटस्थित शुभ जीवन अस्पताल तथा मन्थली र तामाकोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गोदावरीका करार इन्जिनियर विष्टविरुद्ध करिब दुई करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका करार इन्जिनियर सुवास विष्टविरुद्ध १ करोड ९७ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल ३४ अंकसहित यथास्थितिमा रहनु सरकारले भ्रष्टाचारविरुद्ध ठोस काम गर्न नसकेको संकेत भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ।

दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुलाको बांगाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत प्रहरी हवल्दार शंकास्पद अवस्थामा मृत फेला परेपछि अनुसन्धानका लागि दुई जना पक्राउ परेका छन्।

तामाकोशीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म नौ जनाको शव तामाकोशीमा डुबेको बसबाट निकालिएको छ।

तामाकोशीमा खस्यो यात्रुवाहक बस

रामेछापको मन्थली नगरपालिका–६ स्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँबाट यात्रुवाहक बस तामाकोशीमा खसेको हो।

सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीले गरे तोडफोड

कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन्।

आजको मौसम : उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ।

अदालतको अवहेलनामा मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिबाना

अदालतको आदेश अवज्ञा गरेको ठहर गर्दै उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुखलाई एक महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको छ।

सिरहा कारागारभित्र पेस्तोल बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा

सिरहा कारागारमा सोमबार सुरक्षा समितिको अनुगमनका क्रममा नाइकेको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ।

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद २५ दिन थप

सरकारले गत भदौमा भएको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगको कार्यावधि २५ दिन थप गर्ने निर्णय गरेको छ।

बहुसूचक सर्वेक्षण: शिशु मृत्युदर घट्दो क्रममा, तर ६० प्रतिशत परिवार अझै दूषित पानी पिउँदै

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण’ले शिशु मृत्युदर घटेको देखाए पनि ६० प्रतिशतभन्दा बढी घरपरिवारले प्रयोग गर्ने पिउने पानीमा हानिकारक जीवाणु भेटिएको र बालबालिकामा कुपोषणको समस्या अझै चुनौतीपूर्ण रहेको औँल्याएको छ।

राष्ट्रियसभा: मृतकको शव फिर्तादेखि महँगी नियन्त्रणसम्मका विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षा, बढ्दो महँगी नियन्त्रण र आगामी निर्वाचनलाई निष्पक्ष बनाउनुपर्ने लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

वीरगन्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण, तीन सशस्त्र प्रहरी घाइते

वीरगन्जको आदर्शनगरस्थित एक गोदामबाट तस्करीको सामान बरामद गरी फर्कने क्रममा आक्रोशित समूहले गरेको ढुंगामुढाबाट तीन जना सशस्त्र प्रहरी घाइते हुनुका साथै दुई वटा सुरक्षा वाहनमा क्षति पुगेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख मतपत्र छपाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्रमध्ये हालसम्म ४४ जिल्लाको एक करोड २२ लाखभन्दा बढी मतपत्र छपाइ र प्याकिङ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे मन्त्रालयमा छलफल

यस भेटघाटले नेपाल–कतार सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, पर्यटन प्रवर्द्धन तथा हवाई सम्पर्क विस्तारमार्फत आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यस्तो छ आजको माैसम पूर्वानुमान

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भेगको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

फेक रेस्क्यू प्रकरण: सिद्धि अस्पतालका सञ्चालक डा. तिमिल्सिना पक्राउ

विदेशी पर्यटकको ‘फेक रेस्क्यू’ गरी बीमा रकम ठगी गरेको अभियोगमा सीआईबीले सिद्धि अन्तर्राष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।