भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।
विपद्का घटनामध्ये आगलागी र चट्याङका कारण धेरै मानिसको मृत्यु भएको छ।
बैठकले यसअघिका विभिन्न आयोग तथा कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेज, गाभ्ने वा हस्तान्तरणका लागि सिफारिस गरिएका निकायहरूबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ।
पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ।
नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
यसपालि रोपाइँ ढिलो भएको हुँदा अस्वाभाविक रूपमा कीरा र रोगको प्रकोप शुरू हुन सक्नेतर्फ सचेत रहन र तत्काल सल्लाह लिन कृषिविज्ञले किसानलाई सुझाएका छन्।
जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको छ।
वैशाखदेखि साउन ३१ सम्म देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७ घटना भएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार, झडपमा घाइते भई उपचारपछि फर्किएका कैदीहरूलाई उनीहरूको मागबमोजिमका कारागारमा पठाएर व्यवस्थापन गरिँदै छ।
दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार रुपन्देही जिल्ला कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ।
हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–फाखेल–दक्षिणकाली सडक र त्रिभुवन राजपथमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा एक जनाको मृत्यु भएको घटना छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ।
कृष्ण जन्माष्टमीको तयारीका क्रममा राष्ट्रिय झन्डा फहराउँदै गर्दा करेन्ट लागेर अछाममा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।
अपरिचित व्यक्तिले गोली प्रहार गर्दा हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ।
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेवा खोलामा ७० मिटर लम्बाईको मोडुलर बेलिब्रिज जडान गरिएको हो।
खानी विभागका महानिर्देशक मोनिका झालाई २०८२ साउन २६ गते उपमहानिर्देशकको रूपमा शिक्षा मन्त्रालयमा सरुवा गरिएपछि विभागभित्रै असन्तोष उत्पन्न भएको छ।