चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए।
काठमाडौँ– अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ। शनिबार बिहान हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको उपचारका क्रममा निधन भएको हो।
थापाको हृदयघातबाट निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए। “बिहान चलचित्रको छायांकनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ,” उनले भने, “अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो।”
६८ वर्षीय थापाका श्रीमती, एक छोरा र एक छोरी छन्। “उहाँको परिवारका सदस्य भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ,” अध्यक्ष निरौलाले भने। लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय थापाको असामयिक निधनले नेपाली कला जगत् स्तब्ध बनेको छ।
चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए। उनी शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
