पर्यटकको ‘फेक रेस्क्यु’ देखाएर करिब १९.६९ मिलियन अमेरिकी डलर बराबर बीमा ठगी गरेको आरोपमा सीआईबीले तीन वटा कम्पनीका सञ्चालक र व्यवस्थापकसहित ६ जनालाई पक्राउ गरेको छ।
मिथ्या सूचनाले समाजका सबै क्षेत्र प्रभावित बनेको बताउँदै विज्ञहरूले यसको प्रतिकारका लागि प्रविधि र समयको गति बुझ्नुका साथै सूचना साक्षरता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
अमेरिकामा भीषण हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ राज्यमा आपत्काल घोषणा गरेका छन् भने १३ हजारभन्दा बढी उडानहरू रद्द भएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु नपर्ने बताएका छन्।
घर र बाटो भएको जग्गालाई ‘नभएको’ भनी गलत सिफारिस गरी ६ लाख ९४ हजार रुपैयाँ राजस्व छली गरेको अभियोगमा अख्तियारले कलैयाका तत्कालीन वडा अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुग्दा १३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
इन्डोनेसियाको वेस्ट जाभा प्रान्तमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ भने अझै ८० जना बेपत्ता छन्।
आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ।
यसअघि पनि यही शहरमा एक अध्यागमन एजेन्टले अमेरिकी नागरिक रेनी गुडलाई गोली हानी हत्या गरेको थियो।
राष्ट्रियसभामा रिक्त हुन लागेका १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ।
आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ।
बाक्लो हिउँ जमेर ठप्प बनेको मध्यपहाडी लोकमार्गको बागलुङ–रुकुम खण्ड हिउँ पन्छाएपछि शनिबारदेखि सञ्चालनमा आएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।
निर्वाचनलाई लक्षित गरी संगठित रूपमा फैलाइने मिथ्या सूचनाले जनमत प्रभावित पार्न सक्ने भन्दै विज्ञहरूले मिडिया साक्षरता र तथ्य जाँचमा जोड दिएका छन्।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका एमाले, कांग्रेस र राप्रपाका तीन जना उम्मेदवारको योग्यता र क्लस्टरका विषयमा उजुरी परेपछि निर्वाचन आयोगले उनीहरूलाई प्रमाणसहित उपस्थित हुन सूचित गरेको छ।
निर्वाचन आयोगले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन भन्दै उम्मेदवारहरूले मनोनयनका क्रममा पेश गरेका वैयक्तिक विवरणहरू सार्वजनिक गरेको छ।
पूजा महतोको अर्धशतकीय इनिङ्सको मद्दतले नेपालले टेस्ट राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गरेको छ।
युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय कूटनीतिक संवाद भइरहँदा रुसले युक्रेनका प्रमुख शहरहरू किभ र खार्किभमा ड्रोन आक्रमण गरेको छ।
लामो समयको खडेरीपछि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।
प्रहरीले नदी तथा खोलाहरूमा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानमा सावधानी अपनाउन आग्रह गरेको छ।