सन् २०२२ को प्रारम्भिक सुनुवाइमा गाम्बियाका अधिवक्ता पल एस. रेचलरले आइसीजेबिना म्यानमारको सेना कसैप्रति जवाफदेही नहुने र रोहिङ्ग्यामाथिको दमन झनै बढ्ने तर्क गरेका थिए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनमाथि जारी छलफल नसकिएपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ।
त्रिवि शिक्षण अस्पतालले दैनिक खर्च आन्तरिक स्रोतबाटै व्यहोर्नुपर्ने र बीमा कार्यक्रमबाट मासिक दुई करोड रुपैयाँ घाटा हुने भएपछि सेवा बन्द गर्नुपरेको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए।
मन्त्रिपरिषद्को बैठकले आगामी माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा बन्दसत्र गरिरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको जटिल परिस्थितिको सामना गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन पार्टीपक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्।
सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ।
कुनै व्यक्ति दुई पटक मात्र देशको कार्यकारी (प्रधानमन्त्री) बन्न पाउने प्रस्ताव पनि गरिएको छ।
विशेष महाधिवेशनबाट पारित कार्यविधिमा देउवा नेतृत्वको केन्द्रीय समिति विघटनकै प्रस्ताव अघि बढेपछि देउवाले आकस्मिक बैठक बोलाएर छलफल गर्न लागेका हुन्।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत अहिले भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेस गरेका छन्।
बन्दसत्रमा महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्दैछन्।
पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
बन्दसत्र शुरू हुनुअघि पनि प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराउने क्रम जारी छ। हिजो नगरेका र आज आएका प्रतिनिधिले नाम दर्ता गराइ रहेका छन्।
स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको छ।
आयोजकका अनुसार पछिल्लो दुई वर्षमा गरिएको ‘एआई–मिट’ कार्यक्रमलाई परिस्कृत गर्दै ‘एआई कन्क्लेभ’ आयोजना गरिएको हो।
कुनै कारणवश उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ।
ट्रम्पले प्रदर्शनकारीहरूको तर्फबाट हस्तक्षेप गर्ने आफ्नो नयाँ धम्कीलाई कार्यान्वयन गरेमा तेहरानले अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्ने धम्की दिएको छ।
नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट जारी विवरणअनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो दिन २ हजार ६६२ जनाले हस्ताक्षर गरेका छन्।
विज्ञहरूका अनुसार भेनेजुएलासम्बन्धी पछिल्लो घटनाले अन्तर्राष्ट्रिय सम्बन्धमा एकपक्षीयताको प्रवृत्ति बढ्दै गएको संकेत गरेको छ। यसले विश्वभरका साना राष्ट्रहरूमा वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको दिशा, स्थायित्व र भविष्यप्रति गम्भीर चासो उत्पन्न गराएको छ।