लामो समयको खडेरीपछि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।
काठमाडौँ– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले लामो समयको खडेरीपछि देशका पश्चिमी पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी क्षेत्रमा मध्यम हिमपात भई हाल मौसममा केही सुधार आएको छ।
हुम्लाको सिमकोटमा शुक्रबार रातिदेखि शुरू भएको हिमपात शनिबार बिहान रोकिएपछि आकाश आंशिक रूपमा खुलेको छ। लामो समयपछि कर्णालीका मुगु, डोल्पा, जुम्ला, कालीकोट र हुम्लामा वर्षा र हिउँ परेपछि जनजीवन प्रभावित भएको छ।
त्यस्तै, हिमपातले मुगुका उच्च भेग सेताम्मे भएका छन्। गत भदौदेखि वर्षा नभएको मुगुमा यो वर्षकै पहिलो हिमपात भएपछि स्थानीय बासिन्दा हिउँ पन्छाउन व्यस्त देखिएका छन्। लामो समयको खडेरीले हिउँदे बाली, फलफूल र तरकारी सुक्न थालेपछि चिन्तित बनेका किसानहरू हिमपातसँगै खुसी भएका छन्। हिउँले जमिनमा चिस्यान बढाउने र बाली सप्रिने उनीहरूको विश्वास छ।
मुगुको तल्लो भेगमा निरन्तर वर्षा भइरहेको छ भने ताल्चा, रारा, सोरुकोट, पिना, गमगढी लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिमपात र अत्यधिक चिसोका कारण यातायात र दैनिक कामकाजमा भने कठिनाइ भएको स्थानीयले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। हिमपातका कारण जनजीवन, पर्यटन र हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन र मौसमी सूचनामा ध्यान दिन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
