समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका एमाले, कांग्रेस र राप्रपाका तीन जना उम्मेदवारको योग्यता र क्लस्टरका विषयमा उजुरी परेपछि निर्वाचन आयोगले उनीहरूलाई प्रमाणसहित उपस्थित हुन सूचित गरेको छ।
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा रहेका तीन जना उम्मेदवारविरुद्ध उजुरी परेका छन्।
निर्वाचन आयोगले शनिबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बन्दसूचीको क्रम संख्या ९७ मा रहेका सिरहाका चन्द्रेश्वर मण्डल, नेपाली कांग्रेसका तर्फबाट बन्दसूचीको क्रम संख्या ६२ मा रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बन्दसूचीको क्रम संख्या ३७ मा रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाविरुद्ध आयोगमा उजुरी परेको हो।
समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव कृष्णबहादुर राउतले जारी गरेको विज्ञप्तिमा मण्डल आदिवासी समुदायको व्यक्ति भएकाले उनको नाम मधेशी क्लस्टरमा राख्न नमिल्ने भन्दै महोत्तरी, पिपरा गाउँपालिका–१ का सन्तोषकुमार साहले उजुरी गरेको जनाइएको छ।
यस्तै, ललितपुरका लामा अपांगता नभएको व्यक्ति भए पनि ‘अपांगता भएको’ भनी सूचीकृत गरिएको दाबीसहित काभ्रेपलाञ्चोक, तेमाल–२ का रहरसिंह तामाङले उजुरी दिएका हुन्। धनकुटाका थापाले भने उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भन्दै धनकुटा, पाख्रिबास–५ की पवित्रा श्रेष्ठले उजुरी दिएको विज्ञप्तिमा उल्लेख छ।
आयोगले उजुरी परेका सम्बन्धित पक्षलाई आ–आफ्नो प्रमाणसहित माघ १३ गते बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगमा अनिवार्य उपस्थित हुन सूचित गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Dherai ramro
Dharmendra Kumar Mahato
4 months, 1 week ago